रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपरासीको नवलपुरमा रहेका चार गाउंपालिका र चार नगरपालिका मध्ये ४ वटा नगरपालिकाको अन्तिम मत परिणाम आएको छ ।नवलपरासीको विनयी त्रिवेणी, बुङ्दीकाली, बुलिङ्गटार गाउंपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ भने हुप्सेकोट गाउंपालिकामा अध्यक्षमा नेपाली र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ ।
नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका उम्मेद्वार अध्यक्षमा विजयी भएका छन् । कांग्रेसका दुर्गाबहादुर राना ३ हजार १ सय ९१ मतसहित अध्यक्षमा निर्वा्चित भएका हुन् ।
उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ३ हजार ९९ मत पाए । १ सय ९२ मतले कांग्रेसका उम्मेदवारले अध्यक्षमा बाजी मारे ।
यसैगरी बुङ्दीकालीको उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मायादेवी श्रेष्ठले जित हात पारिन् । उनले ३ हजार १ पाइन् ।
बुंदिकाली गाउपालिका
कांग्रेसप्रमुख ः दुर्गाबहादुर राना ३१९१ विजयी
उप प्रमुख ः माया देवी श्रेष्ठ ३१७३ विजयी
एमालेप्रमुख ः श्याम श्रेष्ठ ३०९९
उपप्रमुख ः डिल कुमारी श्रेष्ठ ३०१०
त्यस्तै बुलिङ्गटार गाउंपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ । यहां नेपाली कांग्रेसको शसिकिरण बस्ताकोटीले अध्यक्षमा ४ हजार ७ सय ८ मत प्राप्त गरेका छन्् । उनका निकटम् प्रतिद्वन्दी एमालेका विद्रोही गिरीले २ हजार ५ सय ५० मत प्राप्त गरेका थिए ।
वस्ताकोटीले एमालेका उमेद्वार विद्रोही गिरीलाई २१ सय ४८ मतले पछाडि पार्दै जित हात पारेका हुन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना विकले ४ हजार ६ सय ५३ मत प्राप्त गरेकी छिन् । उनका निकटम् प्रतिद्वन्दी नेकपा एमालेकी पार्वती थापाले २६ सय १३ मत प्राप्त गरेकी थिइन् ।
बुलिङटार गाउंपालिका
कांग्रेसप्रमुख ः शसीकिरण बस्ताकोटी ४७०८ (विजयी)
उपप्रमुख ः मैना विक ४६५३ (विजयी)
एमाले
प्रमुख ः विद्रोही गिरी २५५०
उप प्रमुख ः पार्वती थापा २६१३
त्यसैगरी विनयी त्रिवेणी गाउंपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । यहां नेपाली कांग्रेसका डम्बर जिसीले ५ हजार ४ सय ४० मत प्राप्त गर्दै अध्यक्षमा र नेपाली कांग्रेसकै मिना रानाले ४ हजार सात सय ८१ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन् ।यहां निकटम् प्रतिद्वन्दी एमालेका लक्ष्मण पाण्डेले अध्यक्षमा ४ हजार ४ सय २५ मत र उपाध्यक्षमा एमालेकी तारा वि.क.ले ३ हजार सात सय ७२ मत प्राप्त गरेकी छिन् ।
त्रिवेणीविनयी गाउंपालिका
कांग्रेसप्रमुख ः डम्बर जिसी ५४४० (विजयी)
उप प्रमुख ःमिना राना ४७८१ (विजयी)
एमाले
प्रमुख ः लक्ष्मण पाण्डे ४४२५
उप प्रमुख ःतारा विक ३७७२
हुप्सेकोटमा अध्यक्ष उपाध्यक्ष दुवै महिला विजयी
नवलपरासीको हुप्सेकोट गाउंपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला उम्मेद्वार विजयी भएका छन् ।
यहां अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे अध्यक्षमा र एमालेकी स्वतन्त्र कोपिला मल्ल (नाम नै स्वतन्त्र कोपिला मल्ल) उपाध्यक्षमा वियजी भएका हुन् ।
अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डेले ४ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी भएकी हुन् । पाण्डेका निकटम् प्रतिद्वन्दी मेघबहादुर पुलामीले ४ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी स्वतन्त्र कोपिला मल्ल ४ हजार ४ सय ६८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै मल्लका निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ओम थापाले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन् ।
हुस्सेकोट गाउपालिका
कांग्रेसप्रमुख ः लक्ष्मी पाण्डे ४९९२ (विजयी)
उप प्रमुख ः ओम थापा ४४१३
एमालेप्रमुख ः मेघवहादुर पुलामी ४३५८
उप प्रमुख ः स्वतन्त्र कोपिला मल्ल ४४६८ (विजयी)

Post a Comment