Thursday, May 25, 2017

सेल्फीले लियो ज्यान

रामकुमार श्रेष्ठ

नवलपरासी, १२ जेठ । सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ ।
नारायणी नदी किनारमा सेल्फी फोटो खिच्ने क्रममा नारायणी नदीमा खसेर दुई जना किशोरको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार विहीबार नारायणी नदी किनार सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका दुई जनाको शुक्रबार विहान फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव निरिक्षक शुवास हमालका अनुसार गैडाकोट नगरपालिका २ व्रिटिस क्यँम्प भन्ने ठाउमा नदि किनारमा फोटो खिच्ने क्रममा गैडाकोट २  बस्ने  १७ वर्षका  आशिश श्रेष्ठ र  गैडाकोट ८ बस्ने १७ वर्षकै भुपेन्द्र केसी वेपत्ता भएका थिए ।
दुवै जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सोही स्थानमा फेला पारेको हो ।



Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal