नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
यहां ९ वटा वडाको मत गणना सकिंदासम्म नेपाली कांग्रेसले प्रमुख पदमा १ हजार ४ सय ९७ मत र नेकपा एमालेले १ हजार १ सय ४९ मत प्राप्त गरेको छ ।
यहां उपप्रमुखमा नेपाली कांग्रेसले १ हजार ६ सय ६१ र एमालेले ९ सय ८ मत प्राप्त गरेका छन् ।
यहां प्रमुख उपप्रमुखमा राप्रपा, माओवादी केन्द्र र नयां शक्तिले पनि अन्य दलको हाराहारीमै मत ल्याएकोले यहां प्रमुख पदमा निर्वाचित हुनेले बढीमा २० प्रतिशत मत ल्याएर विजयी हुने देखिएको छ ।
रामग्राम नगरपालिकामा वडा अध्यक्षमा नेपाली कांग्रेसले ५ स्थान, राप्रपाले २ स्थान, नेकपा एमालेले १ स्थान, नयां शक्तिले १ स्थानमा वडा अध्यक्ष जितेको छ । यहां अझै ९ वटा वडाको मत गणना बांकी नै रहेको छ ।
रामग्राम नगरपालिकाको वडा नं. २, ३, ६, ८ र ९ मा नेपाली कांग्रेस, वडा नं. १ र ७ मा राप्रपा, वडा नं. ५ नेकपा एमाले र वडा नं. ४ मा नयां शक्ति विजयी भएको हो ।
रामग्राम नगरपालिका
मेयर
नेपाली कांग्रेस १४९७
नेकपा एमाले ११४९
उपमेयर
नेपाली कांग्रेस १६६१
नेकपा एमाले ९०८

Post a Comment