रामकुमार श्रेष्ठ
नवलपरासी, ११ असार । नवलपरासीको सुनवलमा चुनावी र्यालीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।
सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक भएको बम विस्फोटमा परी ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
घाइतेको नाम खुल्न सकेको छैन । घाइतेहरुको बुटवलमा उपचारका लागि लगिएको छ । घाइतेहरुको अवस्था केहीको चिन्ताजनक र केहीको सामान्य रहेको जनाइएको छ ।
नेकपा माओवादी केन्द्रको चुनावी र्यालीलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।
चुनावी र्यालीमा रहेको एउटा माइक्रो बसमा पनि सामान्य क्षति भएको नेकपा माओवादी केन्द्रका उत्सव पौडेलले बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर तिवारी आजादले विस्फोटमा परी माओवादी केन्द्रका १२ जना घाइते भएको बताउनुभयो ।
तिवारीका अनुसार घाइते हुनेमध्ये हेमन्त चौधरी, मनोज चौधरी र सुमित विकको नाम खुलेको छ ।
Post a Comment