Friday, June 23, 2017

माओवादीको चुनावी प्रचारको गाडीमा फेरि पनि आगजनी ।

कावासोती, ९ असार । नेकपा माओवादी केन्द्र बर्दघाटको चुनावी प्रचार प्रयोग गरेको लु १ ज २५४६ नम्बरको गाडीमा गएराति आजगनीको प्रयास भएको छ ।
चार पांच जनाको समूहमा आएका अज्ञात समूहले आगजनीको प्रयास गरेका हुन् । बर्दघाट ९ भानुनगर भूताहामा गाडी धनि श्यामबहादुर थापा क्षेत्रीको घर राखेको जीपमा आगजनीको प्रयास गरेको हो ।
राति पानी परेको समय घरको झ्याल ढोका बन्द गर्न निस्केको समय घर धनी थापाले आफ्नो जीपमा आगो लगांउंदै गरेको देखेर हारगुहार मागेपछि उनीहरु भगेका थिए ।
आगलागीबाट जिपमा समान्य क्षति भएको छ ।
यस अघि अज्ञात समूह बधबारराति सुनवलमा नेकपा माओवादी केन्द्रको चुनावी प्रचारमा रहेको गाडी र मंगलबार बर्दघाटमा नेकपा एमालेले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी गरेका थिए ।
यसैबीच नेकपा (माओवादी केन्द्र) नवलपरासीले उक्त घटनाको निन्दा गरेको छ ।
स्थानिय तहको निर्वाचन प्रचारमा प्रयोग भएका गाडिहरु माथि लगातार भएको आगजनीको माओवादी केन्द्र नवलपरासीका इन्चार्ज घनश्याम यादवले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।
विज्ञप्तीमा घटनाप्रति पार्टीको गम्भिर आपत्ती रहेको भन्दै आगजनी घटनाको धोर भत्र्सना गरेको छ ।
जनताले लामो समय गरेको संर्घष र बलिदानीले प्राप्त भएको अहिलेको राजनैतिक उपलब्धीलाई संस्थागत गर्नका लागि हुनगईरहेको स्थानीय तह निर्वाचनको विरोध गर्नु भनेको परिवर्तन विरोधी भएको भन्ने प्रमाणित भएको भन्दै आगजनीमा संलग्नलाई यथासीघ्र कार्वाहीको समेत माग गरेको छ ।



Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal