सुस्तामा नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष विजयी
रामकुमार श्रेष्ठ
नवलपरासी, १६ असार । नवलपरासीको सुस्ता गाउंपालिकामा नेकपा एमालेको अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।
यहां गाउंपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनु भएको हो । पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको हो । उहांका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हसबुदीन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी इन्द्रकुमारी थरुनीले ३ हजार ५ सय ६५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहांका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी विमला उपाध्यायले २ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै यहां रहेको ५ वटा वडामा २ स्थानमा नेकपा एमाले, २ स्थानमा नेपाली कांग्रेस र एक स्थानमा राप्रपाका वडा अध्यक्ष विजयी भएका छन् ।
((((((((((((((((
प्रतापपुरमा नेपाली कांग्रेस विजयी
रामकुमार श्रेष्ठ
नवलपरासी, १६ असार । नवलपरासीको प्रतापपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
यहां नेपाली कांग्रेसका राजकुमार शर्मा विजयी हुनु भएको हो भने उपाध्यक्षमा नेपाली कांग्रेसकै अञ्जुकमारी चौधरी विजयी हुनुभएको हो ।
नेपाली कांग्रेसले अध्यक्षमा राजकुमार शर्माले ३८८२ र उपाध्यक्षमा ४ हजार ५१ मत प्राप्त गरेको छ ।
यहां फोरम नेपाल (लोकतान्त्रिक) ले अध्यक्षमा २०९९ र उपाध्यक्षमा २४४० मत प्राप्त गरेको छ ।
प्रतापपुरमा वडा अध्यक्षमा नेपाली कांग्रेसले १, ५, ६, ७ र ९ मा जितेको छ । त्यस्तै नेकपा एमालेले वडा नं २, माओवादी केन्द्रले वडा नं. ३, फोरम नेपाल लोकतान्त्रिकले वडा नं. ४ मा जित हात पारेको छ ।
वडा नं. ८ मा भने स्वतन्त्र उम्मेद्वार काडिर अली विजयी हुनु भएको छ ।
सात स्थानीय तह रहेको नवलपरासीमा सुस्तामा नेकपा एमालेले जितेको छ भने बर्दघाट, सुनवल र रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ । त्यस्तै सरावल गाउंपालिकामा फोरम नेपाल लोकतान्त्रिक र पाल्ही नन्दन गाउंपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता रहेको छ ।
((((((((((((((
सुनवल नगरपालिकामा नेपाली कांग्रेस अगाडि
नवलपरासी, १६ असार । नवलपरासीको सुनवल नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका भरत थापाको अग्रता कायमै रहेको छ ।
यहां ७ वटा वडाको मतगणना सकिंदासम्म नेपाली कांग्रेसका थापाको अग्रता कायमै रहेको छ ।
थापाले अहिलेसम्म ६ हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको छ । एमालेका विमला अर्यालले ६ हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा भने नेकपा एमालेको अग्रता रहेको छ ।
यहां वडा नं. १, २, ३, ४, ५ र ७ मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन् भने वडा नं. ६ मा नेपाली कांग्रेसको वडा अध्यक्ष विजयी भएका छन् ।
अहिल वडा नं. ८ र ९ को मतगणना जारी रहेको छ ।
सुनवल नगरपालिका
प्रमुख
नेपाली कांग्रेस ६६३४
नेकपा एमाले ६१५८
नेकपा माओवादी केन्द्र ११३०
उपमेयर
नेपाली कांग्रेस ६१५८
नेकपा एमाले ६४२२
नेकपा माओवादी केन्द्र १३१७
रामग्राम नगरपालिमा नेपाली कांग्रेसको अग्रता कायमै
नवलपरासी, १६ असार ।
नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
यहां ९ वटा वडाको मत गणना सकिंदासम्म नेपाली कांग्रेसले प्रमुख पदमा १ हजार ४ सय ९७ मत र नेकपा एमालेले १ हजार १ सय ४९ मत प्राप्त गरेको छ ।
यहां उपप्रमुखमा नेपाली कांग्रेसले १ हजार ६ सय ६१ र एमालेले ९ सय ८ मत प्राप्त गरेका छन् ।
यहां प्रमुख उपप्रमुखमा राप्रपा, माओवादी केन्द्र र नयां शक्तिले पनि अन्य दलको हाराहारीमै मत ल्याएकोले यहां प्रमुख पदमा निर्वाचित हुनेले बढीमा २० प्रतिशत मत ल्याएर विजयी हुने देखिएको छ ।
रामग्राम नगरपालिकामा वडा अध्यक्षमा नेपाली कांग्रेसले ५ स्थान, राप्रपाले २ स्थान, नेकपा एमालेले १ स्थान, नयां शक्तिले १ स्थानमा वडा अध्यक्ष जितेको छ । यहां अझै ९ वटा वडाको मत गणना बांकी नै रहेको छ ।
रामग्राम नगरपालिकाको वडा नं. २, ३, ६, ८ र ९ मा नेपाली कांग्रेस, वडा नं. १ र ७ मा राप्रपा, वडा नं. ५ नेकपा एमाले र वडा नं. ४ मा नयां शक्ति विजयी भएको हो ।
रामग्राम नगरपालिका
मेयर
नेपाली कांग्रेस १४९७
नेकपा एमाले ११४९
उपमेयर
नेपाली कांग्रेस १६६१
नेकपा एमाले ९०८
बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसकै अग्रता कायमै
नवलपरासी, १६ असार । नवलपरासीको बर्दघाट नगरपालिमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
मतगणना शुरु भएदेखि अग्रता लिएको नेपाली कांग्रेसले यहां प्रमुख पदमा ३ हजार ४ सय २८ र उपप्रमुखमा ३ हजार ४ सय ४८ मत प्राप्त गरेको छ ।
त्यस्तै नेकपा एमालेले प्रमुखमा ३ हजार २ सय ५ र उपप्रमुखमा ३ हजार २ सय ४९ मत प्राप्त गरेको छ ।
१६ वटा वडा रहेको बर्दघाट नगरपालिकामा ७ वटा वडाको मत गणना सकिएको छ । यहां वडा अध्यक्षमा ६, ७ र १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेकपा एमाले १, ३ र ९ मा विजयी भएको छ भने माओवादी केन्द्रले वडा नं. ८ मा प्यानल जितेको छ ।
बर्दघाट नगरपालिका
मेयरः नेपाली कांग्रेस ३४२८
नेकपा एमाले ३२०५
उपमेयरः नेपाली कांग्रेस ३४४८
नेकपा एमाले ३२४९
पाल्हीनन्दन गाउंपालिका
अध्यक्ष
माओवादी केन्द्रको अग्रता जानकारी आउन बांकी
सरावलमा फोरम लोकतान्त्रिकको अग्रता
नवलपरासी, १६ असार । नवलपरासीको प्रदेश ५ अन्तरगतको परासी क्षेत्रको सरावल गाउंपालिकामा फोरम लोकतान्त्रिकले अग्रता लिएको छ ।
यहां अध्यक्षमा मधेषी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले १ हजार ६ सय ५७ मत र नेपाली कांग्रेसले एक हजार २ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा फोरम नेपाल लोकतान्त्रिकले १ हजार पांच सय ७७ मत र नेपाली कांग्रेसले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।
यहां वडा नं. ३ को मतगणना जारी रहेको छ । वडा नं. १ मा फोरम नेपाल लोकतान्त्रिकको प्यानल र वडा नं. ७ माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
सरावल गाउंपालिका
अध्यक्ष
फोरम नेपाल लोकतान्त्रिक १६५७
नेपाली कांग्रेस १२८६
उपाध्यक्ष
फोरम नेपाल लोकतान्त्रिक १५७७
नेपाली कांग्रेस १४१५
Post a Comment