नवलपरासी, १७ असार । नवलपरासीको बर्दघाटमा राजनीतिक दलहरुबीच मतगणनाको विषयमा विवाद भएपछि आज विहान साढ १० बजेबाट मतगणना रोएिको छ ।
यहां वडा नं.१४ को मत गणना गर्ने क्रममा मतगणनामा खटिएका कर्मचारीहरुले नेकपा एमालेले प्राप्त गरेको मतभन्दा केही बढी मत टिप्ने गरेको भन्दै कांग्रेसले विवाद गरेपछि मतगणना रोकिएको हो ।
यहां वडा न १२ मा मतदान अधिकृतले उल्लेख गरेको भन्दा १६ मत बढी भेटिएपछि मतगणना हिजो सांझदेखि रोकिएको मतगणना वडा नं. १२ लाई पछि गणना गर्ने गरी वडा नं.१४ को रातिदेखि मतगणना गरिएपनि वडा नं. १४ को मतगणनामा मतगणनामा खटिएका कर्मचारीहरुले एमालेको बढी मत लेखेको भन्दै कांग्रेसले विरोध गरेपछि मतगणना रोकिएको हो ।
अहिले जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारी, सहायक जिल्ला प्रमुख अधिकारी माधवप्रसाद ढुंगाना, राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल चलिरहेको छ ।
नेपाली कांग्रेसले अन्य वडामा पनि कर्मचारीहरुले यस्तै गरेको हुन सक्छ भन्दै पुन मतगणना गर्न माग गरेका छन् ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment