Thursday, November 2, 2017

नवलपरासीमा प्रतिनिधि र प्रदेश सभाका को काो उम्मदेवार

वामगठबन्धनको साम्यवाद दिवा सपना मात्रः डा. कोइराला 

रामकुमार श्रेष्ठ
नवलपरासी, १६ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वामगठबन्धनसंग डराउनु पर्ने अवस्था नरहेको बताए ।
उनले वामगठबन्धनले भनेझै साम्यवाद ल्याउने र दुई तिहाई बहुमत ल्याउनु दिवा सपना भएको बताए ।
त्यस्तै वाम गठबन्धनमा गुटउपगुट मौलाएकोेले त्यो कुनै चिन्ताको विष नरहेको पनि बताए । विहीबार नवलपरासीको नवलपुर क्षेत्रको प्रतिनिधि सभा १ मा उम्मेदवारी दिएपछि संचारकर्मीहरुसंग सम्क्षिप्त कुराकानी गर्दै उहांले यस्तो बताए ।
शशांकको प्रस्ताव दोणबन सन्यायी र समर्थक गजेन्द्रबहादुर आले मगर रहेका छन् ।
संविधान सभाको पहिलो निर्वाचन र दोस्रो निर्वाचनमा डा. कोइराला सोही क्षेत्रबाट निर्वाचित हुनु भएको हो ।
डा. शशांक कोइरालासंग बाम गठबन्धनबाट नेकपा माओवादीका पोलिटव्युरो सदस्य भविश्वर पराजुली, नयां शक्ति पार्टीका कृष्णप्रसाद गौतम, देशभक्त जनगणतान्त्रिक मोर्चाका पिताम्बर तिवारी, विवेकशील साझा पार्टीका हरिप्रसाद गौतम, राष्टिय जनमुक्ति पार्टीका तिलक थापा मगर सहित ८ जना चुनावी प्रतिप्रर्धामा हुनुहुन्छ ।

नवलपुरमा शान्तिपूर्ण र उत्साहाका साथ मनोनयन दर्ता । १३ दलले नवलपुरमा मनोनयन दर्ता गरे 

नवलपरासी,१६ कात्तिक । नवलपरासीमा मंसिर २
१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मनोनय दर्ता उत्साहका साथ भएको छ ।
विहीबार नवलपुरमा नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयां शक्ति पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक, मंगल नेशनल अर्गनाइजेशन, राष्टिय जनमोर्चा नेपाल, रााष्टिय जनमुक्त पार्टी, विवेकशिल साझा पार्टी, शिवसेना पार्टी, जनसमाजपार्टी नेपाल लगायत १३ दलले उम्मेद्वार दिएको छ ।
नवलपुर १ मा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर पराजुली

एमालेका केन्द्रिय सदस्य महतले नवलपुर २ र माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किशान गैरेले नवलपुर २ क 

नेपाली कांग्रेसबाट नवलपुरको प्रतिनिधि सभा १ मा महामन्त्री डा. शशांक कोइराला, प्रतिनिधि सभा २ बाट विष्णु कार्कीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभा नवलपुरको १ क बाट पूर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, १ ख बाट पूर्व सभासद् महेन्द्रध्वज जिसी, २ क बाट नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णुप्रसाद लामिछाने र २ ख बाट गणेशमान महतोले उम्मेदवारी दिएका छन् ।
त्यस्तै वाम गठबन्धनबाट नवलपुरको प्रतिनिधि सभा १ मा नेकपा माओवादीका पोलिटव्युरो सदस्य भविश्वर पराजुली, २ मा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य तिलक महतले उम्मेदवारी दिए ।
त्यस्तै प्रदेश सभामा नवलपुर १ क मा माओवादी केन्द्रका सूर्य न्यौपाने, १ ख मा नेकपा एमाले नवलपुरका अध्यक्ष एवम् पूर्व सभासद रोशनबहादुर गाहा, नवलपुर २ क मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान शर्मा गैरे, २ ख मा नेकपा एमालेका जनकलाल श्रेष्ठले उम्मेद्वारी दिए ।
ठूला तथा केही साना दलले बाजागाजा सहित नवलपरासीको कावासोतीमा रहेको खानेपानी सभाहलमा रहेको मुख्य निर्वाचनअधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वार दर्ता गर्न आएका थिए ।
त्यस्तै नवलपरासीमा मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि चुनावमा उम्मेदवारी दिएको छ । क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत चुनावमा सहभागी भएको हो ।
प्रदेश नम्बर ५ परासीको प्रतिनिधिसभा  १ बाट रामचन्द्र पोखरेल र १ बाट प्रेमलाल रिमालले उम्मेदवारी दिभएको मोर्चाका अध्यक्ष चुडामणि भण्डारीले जानकारी दिए ।
मोर्चाका चुनाव चिन्ह मुठठी रहेको छ ।
त्यस्तै प्रतिनिधिसभा  १  क बाट सुर्यप्रसाद सापकोटा र ख बाट  गुणनिधि उपाध्यायले उम्मेदवारी दिए ।
मोर्चाको परासी जिल्लाबाट ४ जना समानुपातिक उम्मेदवार सहित ८ जना उम्मेदवार रहेका छन् । त्यस्तै देजमोबाट नवलपुरमा पनि उम्मेदवारी भएको छ । नवलपुर १ बाट पिताम्त्रर तिवारी र १ ख बाट मणि प्रसाद न्यौपानको उम्मेदवारी परेको छ ।
त्यस्तै पत्रकार नारायण पंगेनी प्रतिनिधिसभा  १ बाटनवलपुर बाट उम्मेदवार भएका छन् । लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पंगेनी क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चा देजमोको आधिकारिक उम्मेदवार भएका हुन् ।
आरुंङखोला निवासी पंगेनी काठमाण्डौमा पत्रकारितामा क्रियाशिल रहदै आएका छन् ।
पंगेनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद तथा  क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।
त्यस्तै देजमोले प्रतिनिधिसभा १ ख बाट मणिप्रसाद न्यौपाने २ ख बाट श्याम बहादुर कुमाललाई उम्मेदवारी परेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले जानकारी दिए ।
त्यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पूर्व जिल्ला अर्थात नवलपुर क्षेत्र नयां शक्ति पार्टीले पनि प्रतिनिधि सभा र प्रदेश सभाका ६ स्थानमै उम्मेदवारी दिएको छ ।
नयां शक्तिबाट प्रतिनिधि सभा १ मा व्यवसायी कृष्णप्रसाद गौतम र प्रतिनिधि सभा २ मा पिताम्बर महतोले उम्मेदवारी दिए ।
त्यस्तै नयां शक्ति पार्टीबाट प्रदेश सभा १ क मा सरद खरेल, १ ख मा नयांशक्तिका प्रदेश ४ संयोजक रुद्र गुरुङ्ग, प्रदेश सभा नवलपुर २ क मा भोजबहादुर चौधरी, २ ख मा लोकबहादुर केसीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी राष्टिय जनमुक्ति पार्टीबाट नवलपुर प्रतिनिधि सभा १ मा तिलक थापा मगर, २ मा सिंहबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राष्टिय जनमुक्ति पार्टीबाटै नवलपुर प्रदेश सभा १ क मा मनबहादुर लुंगेली, १ ख मा पदमाया गाहा मगर, २ क मा तिलबहादुर झेडी र २ ख मा मोहनसिंह बाकवलले उम्मेदवारी दिएका छन् ।
जनमुक्ति पार्टीले पनि ६ स्थानमै उम्मेदवारी दिएको छ ।
त्यसैगरी विवेकशील साझापार्टीबाट नवलपुर प्रतिनिधि सभा १ मा हरिप्रसाद गौतम, प्रदेश सभा १ क मा भिमप्रसाद आचार्य र १ ख मा रामप्रसाद चापागाईले उममेदवारी दिएका छन् ।  विवेकशील साझा पार्टीले नवलपुर २ मा भने उम्मेदवारी दिएको छैन ।
त्यस्तैगरी नेकपा मालेको चुनाव चिन्ह लिने गरी जनसमाजपार्टी पार्टी नेपालले प्रतिनिधि सभा २ मा विष्णुप्रसाद बोटेलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै शिवसेना पार्टीले नवलपुर क्षेत्रको प्रदेश सभा २ ख बाट अञ्जना डल्लाकोटीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै कमल थापा नेतृत्वको राप्रपाबाट नवलपुर क्षेत्रको प्रदेश सभा १ क मा टेकहरी पौडेल, १ ख मा विष्णुप्रसाद केसी, २ क मा घनश्याम अधिकारी, २ ख मा कृष्ण दर्जीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राप्रपा प्रजातान्त्रिकबाट नवलपुर क्षेत्रको प्रदेश सभा १ क मा सन्तोष थापा, १ ख मा रामबहादुर श्रेष्ठ, २ क मा नुनबहादुर आले, २ ख मा अर्जुनकुमार भुसालले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नवलपुरमा राष्टिय जनमोर्र्चा, संघीय समाजवादी फोरम र मंगल नेशनल अर्गनाइजेशनले पनि उम्मेद्वारी दिएको छ ।
राष्टिय जनमोर्चाबाट नवलपुर प्रतिनिधि सभा १ मा गोपाल गिरी, २ मा भागिरथ भट्टराइले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नवलपुर प्रदेश सभा १ क मा चन्द्रदत्त सापकोटा, १ ख मा लालू खराल, २ क मा गिर बहादुर एम सी, २ ख मा टेकप्रसाद पोख्रेलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै संघीय समाजवादी फोरमबाट नवलपुर प्रदेश सभा १ क मा देवी गुरुड्ड, १ ख मा जसमति थापा, २ क मा फुलमाया पुर्जा मगर, २ ख मा बुद्धिबल थापाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै मंगलनेशनल अर्गनाइजेसनबाट नवलपुर प्रतिनिधि सभा क्षेत्र नंं १ मा कुमार गुरु, प्रदेश सभा १ क मा रुपमबहादुर लामिछाने मगर, १ ख मा तामबहादुर थापाले उम्मेदवारी दिएका छन् ।

प्रदेश ५ को नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पनि उत्साहका साथ मनोनयन दर्ता 

नवलपरासी, १६ कात्तिक । प्रदेश नम्बर ५ अन्तरगत नवलपरासीमा उम्मेदवारहरुले बाजा गाजा र हर्षाउल्लासका साथ प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्ता गराएका छन् ।
दलहरुले  शक्ति प्रर्दशन गर्दै परासीमा मनोनयन दर्ता गराएका थिए । दलहरुले  परासीमा नगर परिक्रमा सहित  सयौको संख्यामा सवारीसाधन परिचालन गरी उम्मेदवारी मनोनयन गराएका हुन ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम नेपाली काग्रेस,  नेकपा एमाले र माओवादी केन्द्रको  संयुक्त बाम गठबन्धन, संघीय समाजवादी फोरम , राप्रपा, क्रान्तिकारी माओवादी सम्बद्ध  देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी , बहुजन समाजवादी पार्टी, र विवेकशिल साझा पार्टी सहितका दलहरुले उम्मेदवारी दर्ता गराएको  प्रतिनिधिसभा १ का निर्वाचन अधिकृत हरिशंकर ज्ञवालीले जानकारी दिए ।
जिल्लाको सुस्ता पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर  १ बाट नेपाली कांग्रेसबाट देवकरण कल्वार सन्तुले मनोनयन दर्ता गराएका छन् ।
बाम गठबन्धनबाट स्वतन्त्र राजनितिक समुहका नेता ह्देश त्रिपाठीले मनोनयन दर्ता गराए ।
नेता त्रिपाठी यस पटक एमाले संग चुनावी तालमेल गरि सुर्य चुनाव चिन्ह लिएर चुनाव लडदै छन् ।
त्यस्तै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले उम्मेदवारी दर्ता गराएका छन् भने उहांको प्रतिस्पर्धीको रुपमा बाम गठबन्धनबाट माओबादी केन्द्रका नेता घनश्याम यादवको उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभा १ को प्रदेश नम्बर १ बाट कांग्रेसका पुर्व सांसद विक्रम खनालको उम्मेदवारी परेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका दिपेन्द्र अधिकारी उम्मेदवारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोही क्षेत्रको प्रदेश नम्बर २ बाट कांग्रेसबाट मुकुल आचार्य र बाम गठबन्धनबाट अजय शाहीको मनोनय दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा १ बाट बाम गठबन्धनबाट एमालेका नेता एवं पुर्व सांसद बैजनाथ चौधरीको उम्मेदवारी दर्ता भएको छ कांग्रेसबाट गुणनिधि तिवारीको मनोनयन दर्ता भएको छ ।
सोही क्षेत्रको २ नम्बर प्रदेश सभाबाट कांग्रेसबाट बैजनाथ जयसवाल र बाम गठबन्धनबाट कन्हैया कोहारको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लाको सुस्ता पश्चिम परासी क्षेत्रमा १ सय २० मतदान स्थल र २ सय ५७ वटा मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा २ लाख ८ हजार २ सय ३७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरि प्रतिनिधि सभा १ का लागि राजपाबाट कसैको उम्मेदवारी परेको छैन ।
राजपाले प्रतिनिधि सभा १ को प्रदेश –क बाट गुलाब चौधरी, प्रदेश – ख बाट अशरफ मिँयाको उम्मेदवारी परेको छ ।
भने प्रतिनिधि सभा २ का लागि राजपाबाट गोविन्द्र चौधरीको उम्मेदवारी भएको छ । यस क्षेत्रको प्रदेश २–क बाट सत्रजित यादव र प्रदेश २ ख बाट नगेन्द्र अग्रहरीको उम्मेदवारी परेको छ ।
त्यस्तै संघिय फोरम नेपालबाट प्रतिनिधि सभा १ का लागि नरेन्द्र गिरीको उम्मेदवारी परेको छ ।
सो क्षेत्रको प्रदेश १ क बाट जग्गन सहानी र प्रदेश ख बाट गंगाराम चौधरीको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रतिनिधि सभा २ का लागि विरेन्द्र चौधरीको उम्मेदवारी भएको छ ।  फोरम नेपालबाट यस क्षेत्रको प्रदेश २ क बाट मुन्नालाल गुप्ता र प्रदेश ख बाट रामबचन यादवको उम्मेदवारी  छ ।
त्यस्तै नयँ शक्तिबाट प्रतिनिधि सभा १ का लागि बाबुराम हरिजन र सो क्षेत्रको प्रदेश १ क बाट यम बहादुर थापा र प्रदेश सभा १ ख बाट अशोक कुर्मीको उम्मेदवारी परेको छ ।
त्यस्तै नयां शक्ति पार्टीबाट प्रतिनिधि सभा २ का लागि चिनक कुर्मीको उम्मेदवारी परेको छ । कुर्मी पूर्व सभासद् हुन् । त्यस्तै नयां शक्तिबाट प्रदेश सभा २ क बाट राजेन्द्र रसाईली र प्रदेश सभा २ ख बाट रोहित सहानीको उम्मेदवारी परेको थियो

त्रिपाठी परासी १ बाट उम्मेदवार 

नवलपरासी, १६ कात्तिक । नेता ह्देश त्रिपाठीले ठुलो भिडभागका बिच प्रतिनिधि सभाका लागि आफनो मनोनय दर्ता गराएका छन् ।
नवलपरासी जिल्लाको सुस्ता पश्चिमको प्रतिनिधि सभा १ बाट नेता त्रिपाठीले एमालेबाट मनोनय दर्ता गराएका हुन् ।
राजपाबाट छुट्टिएर स्वतन्त्र राजनितिक समुह बनाएका नेता त्रिपाठीले यस पटक एमाले संग चुनावी गठबन्धन गरि सुर्य चुनाव चिन्ह लिएर उठेका छन् ।
नेता त्रिपाठीको मनोनय दर्ता गराउन हजारांैको संख्यामा उनका कार्यकर्ताहरु बाजागाजाका साथ निर्वाचन अधिकृतको कार्यालय परासी पुगेका थिए ।
बाम गठबन्धन संग चुनावी तालमेल बनाएका नेता जिल्लाको पं्रतिनिधि सभा १ बाट आफनो उम्मेदवारी दर्ता गराएका हुन् भने सो क्षेत्रको प्रदेश नम्बर १ बाट एमालेका दिपेन्द्र अधिकारी र २ नम्बर प्रदेशबाट नेता त्रिपाठीका विश्वासिलो पात्र अजय शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेता त्रिपाठी यस पटक पनि कांग्रेसका नेता एवं पुर्व सांसद देवकरण कलवार (सन्तु) संग फेरि प्रतिनिधि सभामा भिडने भएका छन् ।
नेता त्रिपाठी गत सम्बिधान सभाको दोस्रो निर्वाचनमा पुर्व सांसद कल्वार संग भारी मतले पराजित भएका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal