नवलपरासी, ११ कात्तिक ।
गोर्खामा नेपाली कांग्रेससंग तालमेल गरेको नयां शक्ति पार्टी नवलपरासीमा भने एक्लै चुनावमा होमिने भएको छ ।
दोस्रो चरण अन्तरगत मंसिर २१ गते हुने प्रदेश ४ र ५ मा रहेको नवलपरासी जिल्लामा नयां शक्ति पार्टी एक्लै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा होमिने भएको हो ।
नयां शक्ति पार्टी नवलपुरका नेता मोति रिजालले नवलपुर जिल्लाको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. १ मा कृष्ण गौतम र निर्वाचन क्षेत्र नं. २ बाट पिताम्बर महतोको उम्मेदवारी तय भएको बताए ।
त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्रद नंं १ ख मा रुद्रबहादुर गुरुङ, २ क मा लोकबहादुर केसी र २ खमा कामना परियारको उम्मेदवारी पक्का भएको बताए ।
नवलपुर जिल्लाको प्रदेश सभाको निर्वाचन क्षेत्र नं. १ क मा भने उम्मेदवार तय गर्न बांकी नै रहेको मोति रिजालले बताए ।
नवलपरासीमा कात्तिक १६ गते मनोनयन दर्ता हुंदै छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment