नवलपुर, २६ माघ । रक्षा मन्त्री भीमसेन दाष प्रधानले निर्वाचन आयोगले विजयी समानुपातिक सांसदहरुको नाम यकिन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिने बताएका छन् ।
शुक्रबार कावासोतीमा प्रेस युनियन नवलपरासीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यो सरकार निर्वाचन गराउन गठन भएको सरकार रहेकोले समानुपातिकको नाम फाइनल भएसंग निर्वाचनको काम सकिने भएकोले लगतै यस सरकारले राजिनामा दिने बताए ।
उनले नेपाली कांग्रेस सशक्त प्रतिपक्षको रुपमा रहने बताउंदै वामगठबन्धनको सरकारलाई कामको आधारमा प्रतिपक्षको रुपमा सर्मथन र विरोध गर्ने जनाए ।
उनले २०५२ सालमा एमालेका अल्पमतको सरकार गिराउन आन्दोलन गरेझै अब बन्ने सरकारलाई गिराउन आन्दोलन तथा विरोध नगर्ने र आफूहरु पनि यो सरकार निरन्तर पांच बर्षसम्म चलिरहोस् भन्ने पक्षमा रहेको बताए ।
Post a Comment