यो चलचित्रको शिर्ष गीत ‘पटुकी पटुकी’ कावासोतीमा भएको नवलपुर महोत्सवमा छायांकन गरिएको थियो ।
चलचित्रका लेखन निर्माता म्याग्टेन कालु र गोविन्द नेपाली रहेका छन् । ति मध्येका एक गोविन्द नेपाली कावासोतीका हुन् उनले यस चलचित्रमा नायिकाको दाजुको भूमिकामा र उनी परदेशीको भूमिका निभाएका छन् ।
रजनी केसीलाई प्रमुख भूमिकामा देखाएको यस चलचित्रमा जेम्स विसीले नायकको भूमिकामा केसीलाई साथ दिएका छन्। विसी ठूलो पर्दाका लागि नयां कलाकार भएपनि उनले दुई सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
नेपाली मौलिक शब्द पटुकी र नेपाली मौलिकता बोकेको पोशाक पटुकी चलचित्रको नाम रहेकोले उनले चलचित्र मौलिक नेपाली कथा बाकेको चलचित्र भएको बताए । यस चलचित्रमा नेपाली युवाहरु विदेशिदाको पीडा, नारीप्रधान चलचित्र, हांसो, रोदन, सांगितिक मनोरञ्जनको समिश्रण आफ्नो चलचित्रमा रहेको चलचित्रका लेखन तथा निर्माता गोविन्द नेपालीले बताए ।
पटुकी चलचित्र हेर्न यो लिंकमा क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=ayRxDUm-kvM&t=2097s
https://www.youtube.com/watch?v=ayRxDUm-kvM&t=2097s
Post a Comment