चौथो दिन आज सभा नायकको रुपमा जीवन कामु,विनोद नेपाल र कर्ण बाहादुर ढेगा रहनु भएको थियो ।
उहाहरुवाट जीवन कामुबाट २ लाख ११ हजार १ सय ११ रुपौया विनोद नेपाल बाट २ लाख ११ हजार १ सय ११ रुपौया र कर्ण बाहादुर ढेगा, बाट २ लाख ११ हजार १ सय ११ रुपौया आर्थिक दान उपलब्ध भएको आर्थिक संयोजक चिरञ्जीवी सुवेदीले जानकारी दिनुभएको छ ।
साथै प्रतिनिधि सांसद हृदेश त्रिपाठीले सांसदिय बिकास कोष बाट ११ लाख रुपौया उपलब्ध गराउने घोषणा गर्नु भएको छ । साथै अन्य दान दाता सहित २१ लाख २ हजार १ सय ३३ रुपैया आर्थिक दान संकलन भएको सुवेदीले जानकारी दिनु भयो ।
चौथोे दिन वाणी भास्कर पण्डित भुवन घिमिरेले शिवपुराण कथा प्रवचन दिनुभएको थियो भने कलाकारहरुले सांस्कृतिक झांकी समेत प्रस्तुत गरेका थिए । महायज्ञमा कथा श्रवणका लागी स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
बर्दघाट–११ मौराहाटांडीमा संचालित श्रीमद् भागवत् धनधान्याञ्चल पितृमुक्ति विराट ज्ञान महायज्ञको दोस्रो दिन आजसम्म भुमिदान सहित ३२ लाख आर्थिक संकलन भएको आर्थिक समिति संयोजक रिषि राम काफलेले जानकारी दिनु भयो ।
महायज्ञमा वालव्यास नारायण न्यौपाने को मुखारवृन्द बाट कथा प्रबचन भएको छ । महायज्ञमा कथा श्रवणका लागी स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
यस्तै पंचेश्वर महादेव मन्दिर गोपिगञ्जमा भएको महायज्ञ आज तस्रो दिन १ लाख आर्थिक दान संकलन भएको बजार विकास समितिका अध्यक्ष गणेश पाखरेलले बताउनु भएको छ ।
महायज्ञमा कथा शिरोमणि पण्डित दिपक प्रसाद पौड्यलले बाचन गर्नुभएको छ ।
महायज्ञमा कथा श्रवणका लागी स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

Post a Comment