अर्जुन अविरल
एक जोडी मुक्तक
धेरै हेरियो नेताहरूको बेसुरे चाला
कहिले गोरा अनि कहिले आउँछन् काला
नभएको गफ, उखान अनि सपना
बाँडेर जान्छन् ती गफाडी साला
देश बन्नलाई कुनै विधान अनि रिति चाहिदैन
काम गर्ने मान्छेलाई शुभ मिति चाहिदैन
साहित्यकारलाई देश चलाउन देऊ सरकार
भो नेता तिम्रो फोहोरी राजनीति चाहिँदैन

Post a Comment