Monday, February 12, 2018

जिल्ला बसोबास व्यवस्थापन समिति नवलपुरका अध्यक्षमा राजकुमार महतो नियुक्त

कावासोती । सरकारले जिल्ला बसोबास व्यवस्थापन समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कावासोतीको राजकुमार महतो थारुलाई नियुक्ति गरेको छ । 

कावासोतीमा रहेको सिटी अटो पार्कका सञ्चालक समेत रहेका राजकुमार महतोलाई मन्त्रीपरिषद वैठकले १० महिना अगाडि नै उक्त पदमा राख्ने निर्णय गरेको भएपनि अहिलेमात्र नियुक्त गरेको हो । यो पदमा राजनीतिक नियुक्ति हुने गर्दछ । भूमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तरगत रहने जिल्ला बसोबास व्यवस्थापन समितिलाई यस अघि सुकुम्बासी समस्या समाधान आयोग भनेर भन्ने गरिन्थ्यो ।

उनले आफूले अबको १४ महिनाको लागि नियुक्ति पाएकोले नवलपुर क्षेत्रको अव्यवस्थित बसोबास र भूमिहीन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि पर्ने बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal