Tuesday, February 13, 2018

नवलपुर उद्योग वाणिज्य संघमा सर्वसम्मत नयां नेतृत्व चयन, अध्यक्षमा डासुराज पोख्रेल (फोटो फिचर सहित)

रामकुमार श्रेष्ठ

नवलपरासी, १ फाल्गुन । डासुराज पोख्रेलको नेतृतवमा नवलपुर उद्योग वाणिज्य संघको नयां नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । 
यस अघि सर्वसम्मत भईसकेको भएपनि मंगलबार आधारिक रुपमा घोषणा भएको थिएन । यसैबीच मंगलबार नवलपुर उद्योग संघको हलमा सर्वसम्मत निर्वाचित नयां पदाधिकारीलाई सपथ ग्रहण गराइएको छ । 
निर्वाचन अधिकृत तथा अधिवक्ता चेतनारायण भुसालले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । 
नवलपुर उद्योग वाणिज्य संघको नयां नेतृत्वमा डासुराज पोख्रेल सहित ३१ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा पुष्प पाण्डे, उद्योग उपाध्यक्षमा हरिषचन्द्र पोख्रेल, वाणिज्य उपाध्यषमा गोविन्दबहादुर क्षेत्री, महासचिवमा वैकुण्ठप्रसाद अर्याल, सचिवमा हरिप्रसाद सुवेदी, कोषाध्यक्षमा केशवराज भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । 
त्यस्तै सदस्यहरुमा नवराज सुवेदी, राजेन्द्रप्रसाद पाण्डे, लालप्रसाद बराल, मणिप्रसाद गुरुङ, पदमबहादुर खत्री, नारायणप्रसाद न्यौपाने, दीपकप्रसाद पौडेल, गंगाराम पौडेल, युवराज बस्याल, बुद्धिसागर पोख्रेल, भेषबहादुर अधिकारी, नन्दलाल रिमाल, हेमुशंकर देवकोटा र खगिसरा लामिछाने निर्वाचित भएका छन् । 
त्यस्तै प्रदेश सदस्यहरुमा पूर्णप्रसाद न्युरे, गणेश पाण्डे, धनिराम गुरौं र कृष्णप्रसाद काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । 
त्यस्तै लेखा समितितर्फको संयोजकमा महेन्द्र भण्डारी र सदस्यहरुमा विष्णुमाया पोख्रेल, तुलसी ज्ञवाली, मेदनीलाल पाण्डे र दुर्गा ढुंगाना गरी ५ सदस्यीय लेखा समिति पनि सर्वसम्मत निर्वाचित भएका छन् । 












Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal