२०६२।२०७३ को जनआन्दोलन हुदै दोस्रो संविधान सभाको निर्वाचनसम्म आइपुग्दा ३÷४ वटा समूहमा विभाजन भएको माओवादी पार्टीले छुट्टा छ्ट्टै रुपमा जनयुद्ध दिवस मनाएका हुन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा कावासोती, दलदले र गैडाकोटमा कार्यक्रम गरिएको छ ।
नेकपा माओवादी केन्द्र नवलपुरले कावासोती र गैडाकोटमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।
त्यस्तै विप्लप नेतत्वको नेपाल कम्युनिष्ट पार्टी र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा दलदलेमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
पर्टी एकताको चर्चा चलिरहेको बेला वैद्य र विप्लप नेतृत्वको जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु एकै ठाउंमा बसेर कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् नवलपुर इन्चार्ज अशोक लम्साल अनुकुल र नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका सेक्रेटरी चितल सिं रानाले जनयुद्धको बारेमा बोल्नुभएको थियो ।
उहांहरुले जनयुद्धको उपलब्धी रक्षा हुन नसकेको र अझै पनि जनयुद्धको सपना साकार पार्न क्रान्ति आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
उत्तम थापाको अध्यक्षता र हिमालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
त्यस्तै उनीहरुले नवलपरासीको भुमहीेमा संयुक्त कोणसभा गरेका थिए । भुमहीमा आयोजित कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य प्रेम रिमाल, जिल्ला सचिवालय सदस्य चुडामणि भण्डारी, छविलाल खरेल र नेपाल कम्युनिष्ट पार्टीमा जिल्ला सचिवालय सदस्य तथा जनसरकार प्रमुख प्रेम ढकाललगायतले बोल्दै जनयुद्धको उद्धेश्य पूरा नभएका र उद्धेश्य पुरा गर्न क्रान्तिकारी पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्र नवलपुरको भातृ संगठन वाइसिएल नवलपुरले पनि कावासोतीमा आज विहान २३ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।
वाइसिएल नवलपुरका इन्चार्ज गणेश विक गुरासको अध्यक्षतामा भएको कार्यक्रममा बालकृष्ण रानाभाट साहास, मित्र शरण शर्मा विहान, चेतनाथ पोख्रेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै माओवादी केन्द्र बर्दघाट नगर समितिको आयोजनामा मंगलवार अन्तरक्रिया सम्पन्न गरेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य घनश्याम यादव केन्द्रीय सदस्य रामानन्द यादवलगायतले बोल्नुभएको थियो । कार्यक्रम नगरसंयोजक अशोक ज्ञवालीको अध्यक्षतामा भएको थियो ।
त्यस्तै जनयुद्ध दिवसको अवसरमा वाइसियल नेपाल बर्दघाट सुस्ता पश्चिम नवलपारसीको आयोजनामा मंगलबार सुनवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

Post a Comment