Monday, February 12, 2018

नवलपुरका तमाङ समुदायले मनाए नयां बर्ष सोनाम ल्होछार

नवलपुर । नवलपुरका तामाङ समुदायले नयां बर्ष सोनाम ल्होछार शनिबार कावासोतीमा धुमधामका साथ मनाएका छन् ।
ल्होछारको अवसरमा उनीहरुले कावासोतीमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा गायक प्रशान्त तामाङको प्रस्तुती मुख्य आकर्षक रहेको थियो । नेपाल तामाङ घेदुड्ड नवलपरासीले शनिबार कावासोतीमा तामाङ समुदायको सोनाम खि(कुकुर) ल्होछारको अवसरमा  शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ  ।
तमाग  समुदायले मान्ने  मन्जु श्री समबध अनुसारको नया बर्षकाो अबशर पारेर शुभकामना आदनप्रदान गरेका हुन् । तमाङ समुदायले चन्द्र पात्रोलाई आधार मानेर नया बर्ष मान्ने गर्दछन  ।
तमागले मनाउने सोनाम लोसार नेपाली पात्रो बिक्रम सम्बध अनुसार माघ शुक्लद पक्षको  प्रतिपर्दाको बेला पर्ने गर्दछ । 
मन्जु श्री  सम्बद  अनुसार तमाग समुदाय अनुसार  २८५४ बर्ष शुरु भएको छ ।
यस बर्ष उनीहरुले चरा बर्गको बिदाई गरी कुकुर बर्गलाई स्वागत गरेका छन् ।  चन्द्र पात्रो अनुसार १२ ओटा जिबजन्तुलाई आधार मानेर बर्ग छुटेयाईने गरिन्छ ।
यसै क्रममा शनिबार कावासोतीमा न्ोपाल तामाङ घेदुङनवलपरासीको आयोजनामा सम्मान तथा सांस्कृतिक कार्यक्रमा गरेको हो । कार्यक्रममा नवलपसरबाट निर्बाचित स्थानिय तहका मेयर ,उपमेयर, अध्यक्ष उपाध्यक्ष , प्रदेश सभा र प्रतिनिधी सभाका सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष आस बहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा  सिन्धुपाल्चोक २ का जिल्ला प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, नवलपुर  प्रतिनिधि सभाका सदस्य तिलक महत , प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली , रोशन बहादुर गाहा , बिष्णुप्रसाद लामीछाने , ओमकला गौतम , जनकलाल क्षेष्ठ , पुर्व सभाषद कृष्ण पौडेल , राजकुमार बोटे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रशान्त तामाङका साथै मिलन लामा लगायतका कलाकारहरुले आफ्नो गीत गायका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal