कावासोती । गुरुङ राष्ट्रिय परिषद लालिगुरास इकाई कावासोतीको प्रथम अधिवेशन भएको छ । इकाई अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम गुरुङ राष्ट्रिय परिषद नवलपरासीको प्रचार प्रसार सचिव जगतकाजी गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।
सोमबार भएको अधिवेशनले मनबहादुर गुरुङको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा लिलाबर्ती तमुस्यो, सचिवमा पवित्र तमुस्यो, संगठन सचिवमा टेकबहादुर तमु, प्रचार सचिवमा सरद तमु, कोषाध्यक्षमा उद्र सिंह तमु र सदस्यहरुमा थाम प्रसाद तमु, मनबहादुर तमु, दुर्गाबहादुर तमु, मनिषा तमु र मसिनो तमुस्यो सर्वसम्मत चयन हुनुभएको छ ।

Post a Comment