Thursday, March 29, 2018

नेपाल ट्रेड यूनियन कांग्रेस नवलपरासीमा अर्याल

परासी । नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी बर्दघाट सुस्ता पूर्वको छैंठौं जिल्ला अधिवेशनले ज्ञानहरी अर्यालको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 
अधिबेशनले प्रदेश र संघीय प्रतिनिधी समेत चयन गरेको छ  । 
अधिबेशनमा नयां कार्य समितीलाई बधाई दिदै  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम् प्रतिनिधी सभा सदस्य  देबेन्द्रराज कण्डेलले अब पार्टीको गुट बिस्तारमा भन्दा संगठन बिस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो  ।
कार्यक्रममा बोल्दै नेता कण्डेलले अबको ५ बर्ष देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिदै नेता कण्डेलले यो समयअवधिभर कुशल प्रतिपक्षको भुमीकामा कांग्रेसले जिम्मेबारी पुर्वक काम गर्नुपर्ने शुझाब दिनुभयो  ।
कार्यक्रममामा प्रदेश सभा सदस्य बैजनाज जयसवाल,  सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा (भरत),  कांग्रेसका जिल्ला सदस्य देवराज भण्डारी ,निवर्तमान् अध्यक्ष राम प्रसाद लामा  लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal