Tuesday, March 13, 2018

गायक १४ बर्षदेखि ओछ्यानमै

श्रीषादेवी शाही

कावासोती। न त हात चल्छ न त खुट््टाहरु नै तर पनि जीवनसंग कुनै गुनासो छैन ५८ बर्षिया तेज बहादुर नेपाली । घरमै पालेको गोरुले हानेर घाइते भएका नेपाली बिगत १४ बर्ष देखि ओछ्यान मै छन् । न उनका हात चल्छ न उनी उठेर केही काम नै गर्न सक्छन । गोरुले हानेर प्याराल्यनइस भएका नेपालीको घर विनयी त्रिवेणी गाउपालिकाको दुम्किबासमा हो ।  
जीवनमा पीडा, मनभरीका  सपना, गलामा कोइलीको मिठास  बोकेका नेपाली सुगम संगीतको साधक हुन् उनी। सानो पविार थोरै भए पनि आफ्नो सम्पति । जीवनसंग कुनै गुनासो नरहेको नेपालीले श्रीमती छोरा छोरी र आफन्तसंग निकै  खुशी साथ जीवनयापन गरिरहेका थिए तर यो खुसी दैवले नी देख्न सकेन। उनको जीवनमा त्यस्तो कालो दिन आयो जुन दिन देखी उनी आफ्ना शरीरको आधा भाग नै नचल्ने भयो । 
२०६० साल माग १४ गतेका दिन घरमै पालेको गोरुले हानेर घाइते भएका नेपालीको शरीर कहिल्यै निको नहुने गरी थला प¥यो । उपचार गर्दा गर्दा थाकेर निको हुने सपना पनि उनको सकियो। रहर लाग्दा सपनाहरु साचेको उनको सपना सपनामै सीमित भयो। 
अध्याँरो कोठाको साघुँरो ठाउँमा त्यो पनि विरामी अवस्था निकै कहाली लाग्दो जीवनसंग लड्नु उनको नियति बनेको छ अहिले । अरु डुलेको, बाहिरको फराकिलोपन महशुस शिवाय अरु गर्न नसक्ने र कोठामै सीमित हुन पर्दा उनलाई निकै नरमाइलो लाग्छ रे । विस्तारामा सुतेर खुसी भएको कल्पना गर्नु बाहेक मेरो अरु उपाय छैन भन्छन् नेपाली । 
श्रीमती र परिवारले मलाई साथ नदिएको भए म जीउदो हुनुको महत्व नै हुने थियो । बिगत १४ बर्षदेखि अहिले सम्म पारिवारिक सहयोगले जीउन सहज भएको छ । खाना खान नुहान र १५÷१५ दिनमा क्याथेटर फेर्न परिवारकै सहयोग रहेको छ । आर्थिक स्थिति कमजोर रहेको हुनाले पनि व्यक्तिगत उपचार खर्चले डाक्टर राख्न नसकेकोले सबै काम परिवारले नै गर्ने गरेको उनले बताए। अपाड्डहरुलाई परिवारको सहयोग नहुँदा दुःख पाएको र कसैको साथ नपाउँदा भिख माग्न परेको देखेर पनि अहिले निकै दुखी हुने उनले बताए । 
एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा भन्ने गीत नारायण गोपालको गीत उनकै लागि लेखिएको हो जस्तै लाग्छ । र उनले लामो सास फेरेर भने जीवनसंग गुनासो त छैन बस मेरी श्रीमतीले मलाई गरेको सेवाप्रति आभारी छु । 
त्यही नै मेरो जीवनको खुशी हो । दुईवटा छोरा र एक छोरी भएको नेपालीले बताए । समयको एक झोक्का जस्को कारण जीवनको पाटो कता मोडिन्छ । थाहा नै हुदैन । त्यसैले जीवनको अर्थ बाच्नु र माया गर्नु भएको नेपालीले बताए ।
त्यसै गरी नेपालीको श्रीमतिले भनिन मलाई उहाको सेवा र्गदा दुख कहिल्यै लाग्दैन । म सधै खुशी हुन्छु ताकि मेरो सेवाले उहाको दुख कम होस । अलिअलि हास्ने बहाना मिलोस । यसैले त उनी आफुमा श्रीमानको छबि खोज्दै हसाउने बहाना खोज्ने गर्छिन । जीवनमा हरेक पिडा हुन्छ पिडा लकाएर भए नी बाच्नुपर्छ । एक बारको जुनीमा सबै चाहेको पुरा हुदैन त्यस्तै सपना पुरा नभए पनि ठूलो स्टेजमा कालजयी सुगम संगीतका भाकाहरु गाएर सुनाउने रहर भएको बताउछन  नेपाली ।  आमाको बारेमा गीत गाइसकेका नेपाली अझै धेरै गीतहरु गाएर सबैलाई आफनो ुखुशी बाड्न चाहान्छन । कला र गला भएको संगितका साधक तेज बहादुर ।नेपालीले इन्दिरा जोसी संग भेट भएर हिट्स अफ नवलपरासीमा गीत गाएका  छन्। र देशका ठूला संगीतकारसंग भेटेर सपना पुरा गर्ने रहर छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal