परासी, २९ फागुन । पत्रकारहरुले जनपक्षीय पत्रकारिता गर्न आवश्यक रहेको नवलपरासीको भुमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
मंगलवार नेपाल कम्युनिष्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठन नवलपरासीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रमुख प्रकाश डुम्रेले देशैभर श्रमजिवी पत्रकारहरुको अवस्था नाजुक रहेको उल्लेख गर्दै राज्य चौथो अंगप्रति उदाशिन रहेको बताउनुभएको थियो । सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईञ्चार्ज सुमन ज्ञवालीले जनयुद्धमा पत्रकारहरुले गरेको योगदानको चर्चा गर्दै जनपक्षीय पत्रकारिता गर्न सुझाव दिनुभएको ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोतम सुवेदी, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष हरि शर्मा, प्रेस चौतारीका संयोजक तथा महासंघ पूर्वसभापति केशव पराजुली क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका सचिव गणेश पाण्डेलगायतले क्रान्तिकारी पत्रकार संगठनसंग महासंघको बिषयमा सहकार्य हुदै आएको समेत बताउनुभएको थियो ।
सम्मेलनले शिव डुम्रेको अध्यक्षतामा १३ सदस्सीय जिल्ला समिति चयन गरेको छ । समितिको सचिवमा प्रतिक्षा उपाध्याय र सदस्यहरुमा शान्ति भट्टराई, नैना क्षेत्री, अस्मिता गैरे, सिद्धीचरण गुप्ता, प्रताप मिश्र, विकास आचार्य, धनीराम चौधरी, सृष्टि अधिकारलगायत चयन हुनुभएको छ । कार्यक्रम शिव डुम्रेको अध्यक्षतामा भएको थियो ।

Post a Comment