Monday, March 26, 2018

सुस्तामा एन एम बि बैंकको शाखा कार्यालय स्थापना


श्याम थापा 

सुस्ता १२ फाल्गुन 
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका कुडियामा एन एम बि बैंकको शाखा कार्यालय स्थापना भएको छ । एक कार्यक्रम गरि एन एम बि बैंकको शाखा कार्यालय सुस्ता गाउँपालिकाको कुडियामा स्थापना गरिएको हो । ग्रामीण क्षेत्रमा बैंकको सुबिधा नरहेको र ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई बैंकमा सरल र सहज रूपमा पहुँच पुराउने उद्देश्यका लागि एन एम बि बैंकको शाखा कार्यालय सुस्ता गाउँपालिकाको कुडियामा स्थापना गरिएको एन एम बि बैंक शाखा कार्यालय सुस्ताका शाखा प्रबन्धक सन्तोष पौडेलले बताउनु भयो । एन एम बि बैंक शाखा कार्यालय कुडियाले ग्रामीण महिलाहरुलाई आर्थिक स्तरमा उन्नति गराउनको लागि नारी बचत,किसानहरुको लागि धरौटी राखेपछि निर ब्याजमा रु २ लाख ५० हजार रुपैया ऋण दिने र मोबाइल बैकिङ्ग सेवा एटीएम सेवा निशुल्क रूपमा सेवा दिने बैंकले जनाएको छ । क वर्ग मा रहेको एन एम बि बैंक शाखा कार्यालय कुडियाले ग्रामीण क्षेत्रका महिला,किसान, व्यवसायकर्मी,बेरोजगार युवाहरुलाई आर्थिक स्तरमा उन्नति गर्दै जिविकोपार्जनमा सुधार ल्याउनको लागी त्यस तर्फ लगानी गर्नका लागि सुस्ता गाउँपालिकाको कार्यालयका अध्यक्ष रामप्रसाद पाण्डेले अनुरोध गर्नु भएको छ । साथै सुस्ता गाउँपालिकामा बैंक स्थापना गरेकोमा एन एम बि बैंक का सम्पुर्ण परिवारलाई धन्यवाद दिदै एन एम बि बैंकलाई सुस्ता गाउँपालिकाले हरपल सहयोग गर्ने गाउँपालिका अध्यक्ष पाण्डेले प्रतिबद्धता गर्नु भएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal