Tuesday, March 27, 2018

निजी विद्यालयको मनपरी शुल्क विरुद्ध क्रान्तिकारीले आन्दोलन छेड्यो (With Vedio)

नवलपुर, १३ चैत्र । विप्लपको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले ३० बर्ष माथिकालाई विद्यार्थी संगठनबाट विदा गरेको छ । 
फाल्गुन २७ देखि ३० सम्म दाङमा भएको २१ औं राष्ट्रिय सम्मेलन र त्यस पछि नवलपरासीको गैडाकोटमा भएको विस्तारित वैठकले यस्तो निर्णय गरेको हो । 
अनेरास्ववियु क्रान्तिकारी नवलपरासीले आयोजना गरेको घोषणा सभामा यस्तो जानकारी गराइएको थियो । 
जिल्ला अध्यक्ष नविनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नविनले सम्मेलनले निजी विद्यालय र निजी क्याम्पसले लिने गरेको मनपरी शुल्क विरुद्ध आन्दोलन थाल्ने निर्णय भएको पनि बताए । 
कार्यक्रममा नेकपाका नवलपुर सेक्रेटरी मंगलसेनले शिक्षा नैसर्गिक अधिकार भएपनि निशुल्क हुन नसक्नु दुर्भाग्य भएको बताए ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal