रामकुमार श्रेष्ठ
नवलपरासी, २३ फाल्गुन ।प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।
बुधबारबाट प्रदेश ४ अन्तरगत रहेको नवलपुर जिल्लाको कावासोतीमा बुधबारबाट शुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कसैले उद्योग खोल्न चाहे कहिले उद्योग मन्त्रालय कहिले वन मन्त्रालय कहिले कुन मन्त्रालय धाउनु पर्ने झन्झटिलो कानुनी प्रावधान छ जसले गर्दा नेपालमा लगानी हुने सकेको छैन ।’ – उनले भने – हामी फाष्टट्राकबाट कानुन ल्याएर प्रदेश ४ लाई लगानी मैत्री बनाउंछौं ।
उनले नेपालमा लगानी गर्न चाहाने उद्योगीहरुलाई प्रदेश ४ मा आएर लगानी गर्न पनि आग्रह गरे ।
त्यस्तै उनले सरकार गठन भएपनि बजेट नहुंदा प्रयाप्त कर्मचारी नहुंदा काम गर्न समस्या भएको बताए । उनले भने आजको दिनसम्म प्रदेश सरकारसंग कुनै बजेट छैन, कसरी चल्ने कुनै ऐन कानुन छैन, केन्द्रबाट आउनु पर्ने कर्मचारी पनि पठाएको छैन । काम धेरै गर्नु छ ।
त्यस्तै उनले प्रदेश ४ मा प्रयाप्त जलस्रोत रहेको यहांबाट उत्पादित जलविद्युतले सिंगो देशको ५० प्रतिशत माग धानेको तर कुनै रोयल्टी कर नपाएको समेत बताए । उनले २ बर्षभित्र नवलपुर जिल्लामा घरघर शुद्धखानेपानी पुर्याउने र ३ हजार मेघावाट जलविद्युत उत्पादन गरेर उद्योग उद्योगमा २४ सैं घण्टा प्रयाप्त विजुली पुर्याउने बताए ।
बुधबारबाट शुरु भएको महोत्सव चैत्र ५ गतेसम्म चल्ने छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा २ सय ५० स्टलहरु रहेका छन् ।
महोत्सवमा भविष्यवाणी गर्ने गधा, भुकम्पले क्षतिभएको धरहराको प्रतिमूर्ति प्रर्दशनी, नेपालकै होची महिलाको प्रदर्शनी लगायतका प्रर्दशनीहरु मेलाका मुख्य आकर्षक रहेको छ ।
महोत्सवमा कृषि, पर्यटन, व्यापार, सूचना प्रवृद्धि, विभिन्न जनजातिका कलासंस्कृति झल्कने स्टलहरु रहेका छन् ।
त्यस्तै महोत्सवमा विभिन्न जनजातिका संस्कृति झल्कने घुमाउरे घर लगायतका आकर्षकहरु पनि रहेका छन् ।
महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको हाराहारीमा कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । महोत्सव उद्घाटन पूर्व कावासोतीको थकाली चोकदेखि मेला स्थलसम्म शोभा यात्रा निकालिएको थियो ।
भिडियो हेर्न यहां थिच्नुहोस् Nawalpur Mahotsab
भिडियो हेर्न यहां थिच्नुहोस् Nawalpur Mahotsab
https://www.youtube.com/watch?v=8oP66u9pm-s&t=1533s
Post a Comment