Wednesday, March 7, 2018

मृतकका परिवारलाई राहत प्रदान

कावासोती । नवलपरासीको कावासोतीमा रहेको नवत्रिवेणी बहुमुखी संस्थाले आफ्ना शेयर सदस्यको निधन भएको भन्दै दुखमा रहेको शेयर सदस्यको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।
कावासोती – १६ डण्डा निवासी शेयर सदस्य मनिराम धरेलको निधन भएकोले उनको परिवारलाई राहत स्वरुप २५ हजार रुपैयां हस्तान्तरण गरेको सहकारीका व्यवस्थापक नारायणप्रसाद पौडेलले बताउनुभयो ।
उक्त रकम अध्यक्ष घनश्याम चापागाईले हस्तान्तरण गर्नुभएको हो । नवत्रिवेणी बहुमुखी संस्थाले राहत हस्तान्तरणसंगै शोक सभा पनि गरेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal