रामकुमार श्रेष्ठ
कावासोती। स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरु जिल्ला स्वास्थ्य कार्यालयबाट स्थानीय तहमा हस्तान्तरण भएपछि चरम लापरवाही हुने गरेको पाइएको छ।
त्यसको ज्वलन्त उदाहरण बनेको छ मध्यविन्दु नगरपालिकाको चोरमारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र ।
प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा शव पोष्टमार्टम् गर्नेसम्मको सेवा सहितको दुई जना डाक्टरको दरबन्दी भएपछि दुवै डाक्टरहरु विदामा बसेका छन्। जसले गर्दा विरामीहरुले स्वास्थ्य चेकजांच गर्नेदेखि अन्य समस्या भएको छ।
चोरमाराका स्थानीय बासिन्दा एवम् नवलपुर बोडि· स्कूलका प्रिन्सिपल भिमलाल अधिकारीले पछिल्लो समय प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा स्वास्थ्यका कर्मचारीदेखि डाक्टरहरु कोही पनि कार्यालयमा बस्ने नगरेको बताए।
त्यसो त दुई दिन होली विदा र त्यसपछि लगतै शनिबार परेकोले पनि डाक्टरदेखि कर्मचारीहरु नरहेको बताइएको छ।
होली खेल्ने क्रममा शुक्रबार नवलपरासी बर्दघाट सुस्ता पूर्व विनयी त्रिवेणी गाउपालिका १ दुम्कीबास बजारमा दुर्घटना हुदा ज्यान गुमाएकी अन्दाजी १७ बर्षीया युवती साधना कुमालको शव पोष्टमाटर्मका लागि मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहां चरम लापरवाही भएको खबर बाहिर आएको हो।
उक्त शव दुर्घटना भए लगतै शुक्रबार नै स्वास्थ्य केन्द्र लगिएको भएपनि शनिबारसम्म स्वास्थ्य केन्द्रका कर्मचारीले थाहा नपाउनु र केन्द्रमा एक जना सहयोगीबाहेकका अन्य कुनै स्वास्थ्यकर्मी नभेटिएको जिसन नवलपरासीका अध्यक्ष इन्द्र गुरुङले बताए।
पुर्बपश्चिम राजर्माग अन्र्तगत पश्चिम बाट पुर्ब आउदै गरेको ना ७ ख २५१८ न को बसमा होलीको रंगसंगै रंगेकी युवती कुमाल बसमा चढ्न लाग्दा हात चिप्लेर पछाडीको चक्काले लागेर मृत्यु भएको दुम्कीबास प्रहरील जनाएको छ ।
यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) का प्रमुख शम्भुप्रसाद ज्ञवालीलाई सम्पर्क गर्दा उनले यस विषयमा आफूलाई कुनै जानकारी नभएको र नयां संरचना अनुसार स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र गाउंपालिका र नगरपालिकाको मातहतमा गएपछि २÷३ बर्षको लामो विदा लिन परेमात्र आफूहरुलाई थाहा हुने बताए।
उक्त युवतीको शव स्थानीयले व्यापक विरोध गरेपछि शनिबार नै प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा पोष्टमाटर्मका लागि पठाइएको छ।
उक्त स्वास्थ्य केन्द्रका डाक्टर केशवराज काफ्लेलाई पटक पटक सम्पर्क गर्दा पनि उनको फोनमा सम्पर्क हुन सकेन।
Post a Comment