Thursday, March 8, 2018

लोकाहामा नेपालकै पहिलो कुम्भ मेला

दाउन्ने संवाददाता
कावासोती। नवलपुरको लोकाहामा नेपालकै पहिलो कुम्भ मेला हुने भएको छ। चैत्र ५ गतेबाट २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका ११ लोकाहामा हुन लागेको हो । आयोजकले उक्त मेलालाई नेपालकै इतिहासकै पहिलो पराशर प्रतीक कुम्भ मेला भनेको छ ।
कुम्भ मेला नेपाली मात्र नभई विश्वका १९६ करोड सनातनीहरुको गौरवको मेला हुने आयोजकले जनाएको छ । धार्मिक पर्यटन स्थलको रुपमा स्थापित गर्ने, देश विदेशबाट नेपालका तीर्थहरुमा भ्रमण गर्ने आउने श्रद्धालु भक्तजनहरुका निमित्त एक विशाल धर्मशाला एवम् अन्न क्षेत्र निर्माण गर्ने, वैदिक कामधेनु गौँ संरक्षणार्थ आधुनिक सुविधा युक्त गौशालाको निर्माण तथा गौ धनको प्रशोधन केन्द्र स्थापना, नेपालमै मात्र प्राप्त हुने शालिग्राम भगवानको विश्वकै पहिलो मन्दिर निर्माण गर्ने, नेपालमा पाइने जडिबुटिहरुको महत्वलाई विश्व सामु चिनाउने र सेवा गर्ने उद्देश्यले जडिबुटि संकलन एव प्रशोधन केन्द्र स्थापना लगायतका धार्मिक क्षेत्रको पहिचान झल्क्याउने उद्देश्यले कुम्भ मेलाको आयोजना गर्न लागिएको पराशर प्रतिक कुम्भ मेला व्यवस्थापन समितिका अध्यक्ष दिप जिसीले बताए।
पराशर कुम्भ मेला २० दिन सम्म चल्ने छ । मेलामा मुख्य आकर्षकको रुपमा कोटी होम महायज्ञ, शत चण्डि महायज्ञ, महारुद्रभिषेक, संगीतमय श्रीमददेवी भागवत महापुराण, शिव महापुराण तथा श्रीमद्भागवत महापुराण वाचन बिशेष कार्यक्रम, धनधान्यचल, तन्डुलाचल, योग ध्यान तथा आर्याेवेद विज्ञान शिविर तथा वाल संस्कार कार्यक्रम २५२ तीर्थको जल समाहित गरिएको विशाल कुम्भ (घडा) को दर्शन, रासलिला, झांकी तथा विभिन्न रितिरिवाजका सांस्कृतिक कार्यक्रमहरु, तुलादान, भुमिदान, गौदान लगायतका विभिन्न कार्यक्रमहरु गरिने मेलाका संकल्पकर्ता राष्टयोगी श्री श्रीधामशरण देवाचार्य जी महाराजले जानकारी दिए ।
मेला अवधिभर आउने भक्तजनहरुका लागि खानपिनको लागि समेत व्यवस्था गरिने र मेलामा १ करोड १५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । मेलामा संकलित रकम अन्य कामका लागि खर्च नगरी यस क्षेत्रकै  आवश्यकता अनुसारका धार्मिक कार्यमा खर्च गरिने संकंल्पकर्ता देवचार्य जी महाराजले बताए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal