रामकुमार श्रेष्ठ
नवलपरासी, १२ चैत्र ।
मोबाइल चार्ज गर्दै इयरफोनमा कानमा लगाएर सुतेको कावासोतीमा एक जना विहान मृत अवस्थामा भेटिएका छन् ।
कावासोती नगरपालिका वडा नं. १ रिठ्ठेपानी निवासी २६ बर्षीय यमबहादुर राना मगर विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
प्रहरीका अनुसार राति मोबाइल चार्जमा जोडेर मोबाइलबाट कानमा इयर फोन लगाएर सुतेका उनी करेन्ट लागेर मृत्यु भएको हो ।
विहान घरको आफन्तले अबेरसम्म किन उठेन भनेर खोज्दा मृत्य अवस्थामा भेटिएका थिए ।

Post a Comment