नवलपरासी, १५ चैत
वैदेशिक
रोजगारीलाई न्यूनीकरण गर्न र मर्यादित बनाउनका लागि स्थानीय तहले योजना बनाएर काम
गर्ने प्रतिबद्धता जनाएकाे छ ।
कावासाेतीमा
विहिवार भएको जिलला तथा स्थानीय तहका सरोकारवालाहरुसंग सुरक्षित वैदेशिक रोजगारी
सम्बन्धित समन्वय तथा अन्तरकृया कार्यक्रममा नवलपुरका जनप्रतिनिधीहरुले यस्तो
प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रममा
हुप्सेकोट गाउपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले वैदेशिक रोजगारीका धेरै मुद्धाहरु
पर्ने नवलपुरकै प्रमुख गाउपालिका हुप्सेकोट गाउपालिका भएकाले पनि वैदेशिक
रोजगारीलाई न्यनिकरण गर्न , सुरक्षित र मर्यादित
बनाउनका लागि गाउपालिकाले निती र योजना बनाएर काम गर्ने बताईन ।
कावासोती
नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियले पनि वैदेशिक रोजगारीमा जाने दर कम गर्न
स्थानीय तहले युवाहरुलाई शिपमुलक तालिम र स्वरोजगारको व्यवस्था मिलाउन बजेट
विनियोजन गर्न नहिच्किचाउने बताए ।
जिल्ला
समन्वय समिती नवलपुरका संयोजक चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा सामि
परियोजनाकी नवलपरासी कार्यक्रम सयोजक उमा पौडेले सहजीकरण गरेकी थिईन ।
Post a Comment