Tuesday, March 27, 2018

फोहोर हेर्दा (कविता) दीपक सोती
















दीपक सोती



मानिस हाम्रो विकृत मन छ शान्ति आएन
स्वच्छ सुन्दर धरती पार्ने क्रान्ति भएन
फोहर गन्ध छ बाटै भरी आँउछ वाक्क वाक्क
दिलै सफा खै मान्छेको म त भए दिक्क

बाटो खन्यो बाटो हिलो बाटै धुला हुन्छ
नाक भित्र फोहर पसि फोक्सो भित्र छुन्छ
राष्ट्रिय धन निर्माण नभै नमै साथी कहाँ जान्छ
भ्रष्ट्रचारी पापाचारी मानिसले खाँन्छ

धरती माता प्लाष्टिक जन्य सामाग्री यी हेर
वन पाखा दुर्गन्धीत भए रुन्छ नवलपुर
हिमताल फुट्ने भए देखेका छौ फोहर
नदी खोला सफा गर्ने छैन साथी रहर

स्पुवर ग्ँयास वम बारुदले फोहोर छ विज्ञान
अशान्तिले भासेको छ मानिसको ज्ञान
विषादीको दाल तरकारी चाकल छ फोहोर
यै फोहोरले फोक्सो खायो छैन बाच्ने रहर

देशको मुटु काष्ठमाण्डवदेखि सबै फोहोर
मेची काली दुसित छ छैन हेर्ने रहर
पानी ल्याउछ आची बगाई बागमती फोहर
अझै फोहर निभ्त्याउने राजनितिक छ फोहर

हराभरा कावासोती किन यसो फोहोर
नगर पिता न हौ चुप्प हेर्ने छैन रहर
फोहोर फाल्ने ठाँउ निर्माण गरी दिन पर्ला
डम्पीङ साईड नभए त फेरि हैजा सर्ला

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal