श्याम थापा
सुस्ता २७ बैषाख
बिजुलीको
करेन्ट लागेर नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँपालिकाको
वार्ड न ५ पक्लिहवा स्थित सेमरी बस्ने मोहन लाल कोहारको एक वटा भैसीको
मृत्यु भएको छ । मिति २०७५ बैषाख २५ गते रातीको बेलामा आएको हावाहुरी,असिना
र पानीले गर्दा सेमरी गाउँको मुसहर टोल नजिक बिजुलीको पोल भाचिएर तल खसेको
बिजुलीको करेन्टमा लागेर कोहारको भैसीको मृत्यु भएको हो । मोहन लाल
कोहारले भैसी चराउन लैजाने क्रममा भाचिएर खसेको बिजुलीको तारमा सटेर भैसीको
मृत्यु भएको पशु कृषक मोहन लाल कोहारले बताए । हावाहुरी,असिना र पानीले
गर्दा रातभरी लाइन नभएको कारणले बिधुत कार्यालय त्रिबेणिका कर्मचारीहरुले
बिजुलीको तारहरुको चेक जाँच नगरि करेन्ट सप्लाई गरेपछि भाचिएर तल खसेको
बिजुलीको तारमा पनि करेन्टको सप्लाई पुगेको हो । पोल भाचिएर तल खसेको
बिजुलीको तारले सोही वार्डको हरिलाल हरिजनको अन्दाजी ७ बर्षिय छोरा आकाश
हरिजनलाई पनि बिधुतिय झट्का लागेर अहिले उनको घरमै उपचार भैरहेको आकाशको
बुवा हरिलाल हरिजनले बताउनु भयो । यसरी बिधुतका कर्मचारीहरुको चरम
लापरबाहीले गर्दा मोहनलाल कोहारको करिब १ लाख बराबरको भैंसी मरेको छ भने
मानवीय क्षति हुनबाट धन्न जोगिएको छ ।

Post a Comment