बुधबार भएको प्रतिनिधिसभा बैठकमा पश्चिम नवलपरासीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कण्डेलले विशेष समय लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका गण्डक बाँधका कारण नवलपरासी दक्षिणभेगका साविकका १३ गाविसका स्थानीय जनता हरेक वर्ष डुबानमा पर्ने जनाउँदै समस्यालाई नेपाल सरकारले उठाउनु पर्ने माग गरे ।
गण्डक बाँधका कारण डुबानमा परेका जनतालाई दिइनु पर्ने दुई अर्ब ९३ करोड ६० लाख रुपैयाँ भारतीय पक्षले नदिएको भन्दै तत्काल उपलव्ध गराउनका लागि नेपाल सरकारमार्फत् आग्रह गरे ।
गण्डक समस्यासँगै कण्डेलले सुस्ताको समस्यातर्फ पनि भारतीय सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीको जनकपुरको जानकी मन्दिर र मुक्तिनाथ दर्शनले दुई राष्ट्रका हिन्दु जनताबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई सुमधुर बनाउन भ्रमण ऐतिहासिक बन्ने समेत कण्डेलले बैठकमा विश्वास लिएका थिए ।

Post a Comment