Tuesday, May 15, 2018

युवा संघको स्थापना दिवशमा कावासोतीमा अन्तरक्रिया


कावासोती, १ जेठ ।
नेकपा एमाले निकट युवा संघ नवलपुरले स्थापना दिवसको अवसर पारेर मंगलबार कावासोतीमा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा शुभकामना दिदै समाजमा रहेको बिकृति र विसंगतिलाई अन्त्य गर्नका लागि र न्याय दिलाउनको लागि युवासंघले महत्वपूर्ण भुमीका निर्वाह गर्नुपर्ने प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले बताउनुभएको छ ।

युवासंघको २८ औ स्थापना दिवसको अवसरमा युवा संघ नेपाल नवलपुरको आयोजनामा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमा गाहाले यस्तो बताउनुभएको हो ।

युवा संघ नेपाल नवलपुरका संयोजक गोपी कृष्ण शर्मा भुषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सांसद रोशन बहादुर गाहा मगर, भिमलाल अधिकारी, दिपक लम्साल, मदन गिरी, ठाकुर पराजुली, भिमलाल कंडेल, बिष्णु भुषाल लगायतले बोल्नुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal