जेठ १ नवलपरासी ।आइतबार राति आएको भीषण हावा हुरीले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका ६ बरुवा स्थीत लाली गुराँस प्राथमिक बिद्यालयको भवनमा क्षति पु¥याए पछि यहाँको पठनपाठनमा समस्या भएको छ ।
असीना र पानी सहित आएको हावा हुरीले करिव ४ लाख रुपैयाँ बरावरको क्षती पु¥याएको बिद्यालयकी प्रधानाध्यापक पबित्रा कुमारी कुमालले जानकारी दिनुभएको छ ।
हावाहुरीले विद्यालयको टिनको छानो उडाउनुका साथै कार्यालयमा रहेको कुर्ची, कम्प्युटर, रोष्टम, विद्युत मिटरबक्समा क्षति पुगेको छ ।

हावा हुरीका कारण बिद्यालयमा क्षति पुगेपछि सोमबार बिद्यालयमा पठपाठन समेत हुन सकेन ।
बिद्यालयको तिनवटा भवनमध्ये जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा बनेको २ तले भवनको छानो उडाएपछि पठनपाठन बन्द गर्नुपरेको बिद्यालयकी प्रध्यानाध्यापक पबित्रा कुमारी कुमालले जानकारी दिनुभयो ।
बिद्यालयमा जम्मा १ सय ३५ जना बिद्यार्थीहरु अध्ययनरत छन् । तिनीहरु मध्ये अधिकाँश कुमाल , थारु, र मगर समुदायका बिद्यार्थीहरु छन् भने अभिभावकहरुको आर्थिक अवस्था अत्यन्त नाजुक छ ।
Post a Comment