Tuesday, May 15, 2018
एक्कासी आएको हावाहुरीले हुप्सेकोटमा तरकारीबाली नष्ट
कावासोती । राति बर्षा संगै आएको हावाहुरीले नवलपरासीको हुप्सेकोटमा लाखौंको तरकारी खेतीमा क्षति पुर्याएको छ ।
राति आएको हावाहुरीले हुप्सेकोट ३ बेलहानीका किसान थमन रजालीको तरकारी खेतीमा क्षति पुगेको छ ।
रजालीको १५ कठ्ठामा लगाएको करेला र लौकाको तरकारी खेतीमा क्षति पुर्याएको हो । हावाहरुले तरकारीका थाक्रा लडाइ दिनुका साथै बोटहरु छिन्न भिन्न पारिएको छ ।
रजालीका अनुसार करिब ५ लाख बराबरको तरकारी खेती नष्ट भएको छ ।
हुप्सेकोट १ जुकेपानीका ग्यामबहादुर रजालीको लौकाबारीमा पनि क्षति भएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)


Post a Comment