नवलपरासी । मुस्लिम समुदायको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेका केही पर्वको सार्वजनिक विदालाई बर्तमान सरकारले कटौती गरेकोमा नेपाल मुस्लिम संघ नवलपरासीले गम्भीर ध्यानाकर्र्षण भएको जनाएको छ । नेपाली कांग्रेसको भातृ संग्ठन संघले सोमबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण भएको जनाएको हो ।
संघका जिल्ला सभापति करिम खान र सचिव आलमगिर खानको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पठाईएको ज्ञापनपत्रमा मुस्लिम समुदायको विभिन्न ६ बुंदे माग राखिएको छ ।
नेपाल मुस्लिम संघको केन्द्रीय समितिले जारी गरेको ज्ञापन पत्रमा ईद, बकरीद तथा मोहम्मद ज्यान्तीको सार्वजनिक विदाको माग गरिएको छ । यस्तै संविधानमा व्यवस्था भएबमोजिम कलस्टर अनुसार सामानुपातिक समाबेशिको प्रतिनिधित्व, कब्रीस्थानको संरक्षण तथा व्यवस्थापन, मदर्शा शिक्षालाई राष्ट्रिय शिक्षाको मुलधारमा ल्याई राष्ट्रिय मदरसा बोर्ड गठन, मुस्लिम आयोगलाई क्रियाशिल तथा पूर्णता दिने लगायतका माग राखेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment