मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै सानदार राजनीतिक पुनरागमन गरेका छन्।
९२ वर्षका डाक्टर महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए।
प्रधानमन्त्री नजिबको कार्यकाललाई लामो समयदेखिका भ्रष्टाचारका आरोपले छायाँमा परिदिएको थियो।
उनको शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेका थिए।
आफ्नो ऐतिहासिक पराजयबारे उनले सार्वजनिक रुपमा प्रतिक्रिया दिइसेकेका छैनन्। तर डाक्टर माहथिरको बिहीवार सपथग्रहण हुने अपेक्षा गरिएको बताएका छन्।
कतिपयले पछिल्लो चुनावी परिणामलाई नाटकीय भनेका छन्। सरकार गठनका लागि ११२ सिट आवश्यकता भएकोमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको थियो।
मलेशियाबारेका एकदमै जानकार कैयौं विश्लेषकहरूका लागि समेत पछिल्लो चुनावी परिणाम आश्चर्यको विषय बनेको त्यहाँ रहेका एक जना बीबीसी संवाददाता बताउँछन्।
महाथिरको जितले देश स्वतन्त्र भएदेखि सरकारको नेतृत्व गरिरहेको पार्टीको शासनकाल अन्त्य गरिदिएको छ।
सरकारको नेतृत्व गर्न लागेका डाक्टर महाथिर अब विश्वका वृद्ध नेतामध्ये हुनेछन्।
महाथिर पछिल्लो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नजिब रजाकका राजनीतिक गुरू पनि थिए।
पदबाट हट्दा मलावीका पूर्व राष्ट्रपति डाक्टर हेस्टिङ्स बन्डा ९६ वर्ष भन्दा अलि बढी उमेरका थिए।
त्यसै गरी अघिल्लो साल जिम्बाव्वेका नेता रोबर्ट मुगाबेले ९३ वर्षको उमेरमा पदबाट राजीनामा दिएका थिए।
९२ वर्षको उमेरमा सत्तामा पुनरागमन गरेका डाक्टर महाथिरले त्यसै पनि इतिहासमा आफ्नो नाम दर्ता गराइसकेका छन्। (बिबिसी)
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment