Saturday, May 12, 2018

सर्दीको भानुदय मा.वि. मा सिसी क्यामरा


सुनिल श्रेष्ठ
सर्दी । विनयी त्रिवेणी गा.पा. वडा न. ५ को भानुदय मा.वि. मा सिसी क्यामरा जडान गरिएको छ ।
विद्यालयका हरेक गतिविधि निगरानी गर्न सिसी क्यामरा जडान गरिएको विद्यालयका प्रधानाध्यापक तेजप्रसाद भुसालले बताए ।
त्यस्तै जिल्ला शिक्षा कार्यालयको पुस्तकालय अनुदान अन्तरगत स्मोर्ट बोर्ड पनि राखिएको र पुस्तकालयको पनि व्यवस्थापन गरिएको भुसालले बताए ।
सर्दीमा रहेका विद्यालयहरु मध्ये भानुदयमा पहिलो पटक सिसी क्यामरा जडान गरिएको हो । विद्यालयमा हाल १४ वटा सिसी क्यामरा कार्यालय, कम्प्युटर ल्याब, साइन्स ल्याब, विद्यालय प्राड्डण र कक्षाकोठाहरुमा जडान गरिएको छ ।
सिसी क्यामराको जडान पछि विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आउनेमा विद्यालयका शिक्षक शिक्षिकाहरु आशावादी देखिएको शिक्षक राजेश पोखरेलले बताए ।
यस विद्यालयले ६, ७ र ८ मा कम्प्युटर शिक्षा सञ्चालन गर्दै आइरहेको छ । सिसी क्यामरा जडान संगै स्माट बोर्ड, प्रोजेक्टर खरिदले विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनेमा आशावादी रहेको र यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि थप आवश्यक सहयोग प्रदान गर्न आवश्यक परे सहयोग गर्ने विनयी त्रिवेणी ५ का वडाअध्यक्ष रनबहादुर झेडीले बताए ।
सर्दी क्षेत्रमै निजी विद्यालयहरुसँग समेत कडा प्रतिस्पर्धा गर्दै आइरहेको भानुदय मा.वि. मा यस शैक्षिक शत्रमा अन्य छिमेकी विद्यालयबाट समेत विद्यार्थीहरु भर्ना हुन आएको र यस विद्यालय अबका दिनमा अभिभावक तथा विद्यार्थीको रोजाइको विद्यालयमा पर्ने विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष दानकान्त भुर्तेल बताए ।
सुगम जिल्लाको दुर्गम गाउँ भनेर चिनिने यस धुर्कोटमा अहिलेसम्म विजुली बत्ती नभएका कारण इन्टरनेट जडान गर्न समस्या भएको र विजुली आउना साथ इनटेरनेट जडान गरी भानुदय मा. वि.लाई सूचना र सञ्चार जगतमा विश्वसँग जोड्ने उद्देश्यले रहेकोसहायक प्रधानाध्यापक कमल जि.सी.ले जानकारी दिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal