गोपी ज्ञवाली । दाउन्ने संवाददाता
सुनवल । पर्यटन विकासको प्रचुर संभावना रहेको नवलपरासी सुनवलको ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थल महलपोखरी अतिक्रमणका कारण अस्तित्व संकटमा परेको छ ।सुनवल नगरपालिकाको वार्ड नम्बर ४ मा रहेको चुरे पहाडको उच्च भागमा रहेको अति मनोरम महलपोखरी गाउका महलपोखरीको करिब पाँच बिगाहा जग्गा अतिक्रमण गरी खेतीपाती गर्न थालीए पछि अहिले पोखरी खेतमा परिणत भएको छ ।
सुनवल नगरपालिकाको वार्ड नम्वर ४ स्थित महलपोखरीबाट बिहानीको सूर्योदयसगैं उत्तरमा मनमोहक हिमाली दृश्य र दक्षिणमा समथर तराईको फाँटको अवलोकन एकै साथ गर्न सकिन्छ महलपोखरी पर्यटनको पर्याप्त सम्भावना बोकेको स्थानको रुपमा रहेको साविक सुनवल गाविसका पूर्व अध्यक्ष थानप्रसाद गैरेले बताए । महलपोखरी पूर्व पश्चिम राजमार्गको सुनवल चोक देखि १२ किलोमिटर उत्तरमा पर्छ । यसै पोखरीका कारण यस क्षेत्रको नाम महलपोखरी रहन गएको ईतिहास जानकारहरु बताउने गर्दछन ।
पंचायती काल छदा स्थानीय बासिन्दाले कुलो खनेर पानी बाहिर निकालेर पोखरी सुकाए पछि महलपोखरी भित्र खेतीपाती गर्न थालीए पछि पोखरीको अस्तित्व संकटमा परेको हो । २०३२ सालमा निरन्तर अतिक्रमण भए पछि ऐतिहासिक पोखरी पनि बच्न सकेन । जुन पोखरीको नामका कारण यस क्षेत्रको नाम महलपोखरी हुन गयो त्यही पोखरी अहिले अस्तित्वमा नरहेको स्थानिय वासीको भनाई रहेको छ ।
अतिक्रमण गर्नेहरुलाई हटाएर पर्यटकीय स्थल महलपोखरीको संरक्षणमा लाग्नुपर्ने केही स्थानियवासीको भनाई रहेको भए पनि त्यसो हुन सकेको छैन । पाल्पाका राजा मुकुन्दसेन (द्धितिय)ले यहां महल (दरबार) निर्माण गरी पोखरी बनाएकोले यो ठाउको नाम महलपोखरी रहेको भन्ने भनाई साविक सुनवल गाविस अध्यक्ष गैरेले बताउनु भयो । दरबार भत्किएकाले अहिले सानो मन्दिरमात्रै रहेको छ । सत्यवती देबीको पुजाआजा गर्न पाल्पाली राजा मुकुन्दसेन आउने र पछि त्यही स्थानमा महल नै बनाए पछि यस स्थानको नाम महलपोखरी रहन गएको भनाई रहेको छ । पाल्पाली राजाले बनाएको भवन नरहेको भए पनि पहलपोेखरीको सबै भन्दा अग्लो भागमा बनाईएको सत्यवती देवीको मन्दिर अहिले पनि छ ।
सुनवल साविक गाविस हुदा महलपोखरी पर्यटन प्रवद्र्धन र विकासका लागि गुरुयोजना तयार पाएिको भनिए पनि अहिले सम्म त्यो कार्यान्वयन हुनसकेको छैन ।

Post a Comment