नवलपरासी, ३० बैशाख । केन्द्रीय तथ्यांक विभागको आयोजनामा नेपालमा पहिलो पटक गर्न लागिएको आर्थिक गणना नवलपरासी बर्दघाट सुस्ता पश्चिमा जारी रहेको छ ।
बैशाख १ गते देखी शुरु गरिएको आर्थिक गणना जिल्लाका विभिन्न स्थानमा ३७ जना गणक र ५ जना सुपरिवेक्षहरु परिचालन गरि जारी रहेको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका प्रमुख एवं आर्थिक गणना अधिकृत तुल्सी पौडेलले बताउनु भयो ।
आगामी जेठ ३१ गते सम्म सम्पन्न गर्ने गरि शुरु गरिएको आर्थिक गणनाको कार्य अन्तर्गत जिल्ला सम्पुर्ण स्थानका बुट पालिकस ब्यापार देखी लिएर राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका उद्योगहरु सम्मको तथ्यांक संकलन गरिने गरि गणना कार्य जारी रहेको अधिकृत पौडेलले बताउनु भयो ।
लिस्टीङ फारम र प्रश्नावली फारम मार्फत ब्यवसायीहरुको आमदानी, कारोबार, ब्यवासाय स्थापना, स्वामित्व, उद्योगीको नागरिकता, सम्पती विवरण, उद्योग स्थापनाको आधार लगाएतका विवरण, उद्योग भएको जमिनको अवश्था, क्षेत्रफल, भाडामा हो वा आफनै जमिन हो ? भाडामा भए कति भाडाको दर छ ? कुन बस्तु कति उत्पादन गर्दछ ? अहिले स्थापना भयो ? अहिले अवश्था के छ ? ब्यावसायको प्रकृति लगाएतको सम्पुर्ण विवरणहरुको संकलन आर्थिक गणनामा संलग्न गणकहरुले लिई रहेको अधिकृत पौडेललले बताउनु भयो ।
करिब ७ जना गणकहरु विचमा १ जना परिवेक्षेक परिचालन गरेको आर्थिक गणना कार्यालय नवलरासीले ईन्टरनेटबाट पनि आर्थिक गणनाको विवरण कार्यालयमा ईन्ट्री गर्न सकिने गरि ब्यवस्था मिलाएको बताईएको छ ।

Post a Comment