Sunday, May 13, 2018

सुस्ता गाउंपालिकाको दोस्रो गाउं सभा

श्याम थापा
नवलपरासी (सुस्ता), ३० बैशाख । नवलपरासीको सुस्ता गाउंपालिकाको दोस्रो गाउं सभा भएको छ । अन्य गाउंपालिका र नगरपालिका चालु आर्थिक बर्षको योजना सम्पन्न गर्नका लागि योजना सम्झौतामा व्यस्त रही रहेको बेला सुस्ताले भने आगामी आर्थिक बर्षका लागि योजना बनाउन गाउंसभा गरिसकेको छ ।
गाउंसभामा बोल्दै सुस्ता गाउंपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आगामी आर्थिक बर्ष भित्र सुस्तालाई उज्यालो सुस्ता बनाउने योजना अगाडि सारे ।
गाउं सभाको प्रदेश ५ का प्रदेश सभा सदस्य अजयबहादुर साहीले उद्घाटन गरेका थिए । उनले प्रदेशको कानुन नबन्दा स्थानीय सरकारलाई समेत काम गर्न गाह्रो भएकोले प्रदेश सभा कानुन निर्माणमा तीव्र गतिमा जुटेको बताए ।
उनले प्रदेशको नीति र कानुन बनाउन छलफल अगाडि बढिरहेको समेत बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य टेकनारायण उपाध्याय, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दीर्घजीवि पोख्रेल, गाउं शिक्षा समितिका सदस्य एवम् महेन्द्र माविका कुडियाका प्रधानाध्यापक भुपनारायण चौधरी, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा लगायतले बोलेका थिए ।
गाउंपालिका अध्यक्ष पाण्डेले चालु आर्थिक बर्षमा धेरै योजना बनाएर भुल गरेको बताउदै आगामी बजेटमा सीमित तर मुख्य मुख्य योजना बनाएर काम गर्ने बताए । सुस्तामा ५ वटा वडा रहेका छन् ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal