नवलपरासी बर्दघाट सुस्त पुर्व नवलपुरको डेढगाउकी एक महिलाले घिरिङ गाउँपालिका ४ तनहुका वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागाएको छ ।श्रीमान्ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत बैशाख २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहिरी दिएको नवलपरासी बर्दीघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।
उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडितले जाहेर दिनासाथ आरोपी कुमाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय डेढगाउँ र जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्रचार गरिसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । तर, वडाध्यक्ष कुमालले भने आफूमाथि झुटो आरोप लगाएको बताएका छन् ।
Post a Comment