नेपाली काग्रेंस जिल्ला कार्य समिती बर्दघाट सुस्ता पुर्वको आयोजनामा जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ । विनय त्रिवेणी वडा नम्बर ६ र ७ का सभापति निरञ्जन थापा सुनिलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।सो अवसरमा प्रमुख अतिथी समेत रहनु भएका नेपाली काग्रेस क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति जगत बहादुर कार्कीले पार्टी संगठन कार्यमा प्रशिक्षण कार्यक्रम महत्वपुर्ण पक्ष रहेकोले प्रशिक्षित कार्यकर्ताहरुले नै पार्टीको सैद्धान्तिक र व्यवहारिक पक्षलाई बुझने बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला सचिव बालकृष्ण घिमिरे , महिला संघकी सचिव सरस्वती तिमिल्सिना, नेविसंघका पुर्व जिल्ला सभापति नरेशमणी भण्डारी, प्रशिक्षण कार्यक्रम समंयोजक उदय राज अर्याल लगायतले सहजीकरण गर्नु भएको थियो ।
गाउ कार्य समितीका उपसभापति विरबहादुर ठकुरीको स्वागत बाट प्राराम्भ भएको कार्यक्रम सञ्चालक पार्टीका गाउकार्य समिती सचिव प्रितम बहादुर गुरुङले जानकारी दिनुभएको छ ।
Post a Comment