Tuesday, May 22, 2018

कावासोती १ मा विकृति न्यूनीकरण समिति गठन

कावासोती । कावासोति नगरपािलका वडा नम्बर १ मा एक कार्यक्रमका विच विकृति विसंगती न्युनिकरण समीति गठन गरीएको छ ।
वडा नम्बर १ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय नवलपुरको समन्वयमा भएको कार्यक्रममा वडा अध्यक्ष नारायण पन्तको अध्यक्षतामा १९ सदस्यीय समीति गठन गरीएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रतिनिधि प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारी, टोल सुधार समीतिका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु, सामुदायीक वनका प्रतिनिधिहरु, क्लबका प्रतिनिधिहरु तथा वडा जनप्रतिनिधीहरु को सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले
कावासोति नगरपालिका वडा नम्बर १ मा लागु औषध दुव्र्यसनी लागयत विभिन्न विकृति विसंगती बढदै गइरहेकोले यसलाइ न्युनिकरण गर्नको लागी आवश्यक पहल गर्नुपर्ने बताएका थिए ।
वडा नम्बर एक का वडा अध्यक्ष नारायण पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडा कार्यालय सहायक गणेश विक तथा माधव भण्डारीले गर्नुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal