Monday, May 7, 2018

विपन्न विद्यार्थीलाइ सहयोग

चोरमारा । रेशम फिरिरि नेपालले जनता मावि मध्यविन्दु ६ हर्दियाका ५८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विपन्न परिवारका ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक र झोला वितरण गरिएको हो ।
विभिन्न क्षेत्रका विपन्न वालवालिकाहरुका लागि सहयोग गर्दै आइरहेको रेशम फिरिरि नेपालले अहिले शैक्षिक सामग्री वितरण गरेको छ ।
कार्यक्रममा रेशम फिरिरि नेपालका अध्यक्ष दिपक पंगेनी, जनता मावि हर्दियाका विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष रामप्रसाद भट्टराई, प्रधानाध्यापक कर्णबहादुर थापा सहित अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal