Monday, May 7, 2018

रामग्राम नगरपालिकाका ७ वटा कार्यविधि तयार


संजय तिवारी
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सात वटा आवश्यक ऐन र कार्यविधि तयार गरेको छ ।
नगरपालिकाले गर्ने हरेक गतिविधिलाई ऐन नियमअनुसार अघि बढाउन तत्कालका लागि आवश्यक ऐन र कार्यविधि तयार गरेको हो ।
जसअनुसार ऐनतर्फ शिक्षा, सहकारी र नगरपालिकाको प्रशासकीय ऐन लगातका छन् भने कार्य्विधितर्फ स्थानीय राजपत्र प्रकाशन कार्य्विधि, एफएम रेडियो सञ्चालन कार्यविधि, आर्थिक कार्य्विधि र घ वर्गको निर्माण व्यवसायी कार्य्विधि रहेका छन् ।
तयार पारिएका ऐन र कार्य्विधि तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा लैजान अन्तिम तयारी गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal