
विद्यालयका सरोकारवालाहरूको लागी वहुक्षेत्रिय पोषण आज कावासोती नपा वार्ड न २ मा सम्पन्न भयो । जनकल्याण माविमा भएको उक्त कार्यक्रममा विव्यस अध्यक्ष कमान सिह कानुङको सभापतित्व र वडाध्यक्ष नारायण पन्तको प्रमुख आतिथ्यता रहेको थियो । जनकल्यण मावि, महाराजा निमावि र जलदेवी प्राविका विव्यस अध्यक्ष र सदस्य, शिअसंघ अध्यक्ष, प्रअ , स्वास्थ्य शिक्षक, स्वास्थ्य फोकल पर्सन , वालक्लवका छात्ररछात्र गरी २५ जनाको सहभागिता थियो । आजको कार्यक्रम संगै विद्यालयमा दिईने वहुक्षेत्रीय पोषणको कार्यक्म सातवटै वडामा सकिएको छ । अव अन्य विषयगत शाखाहरुले फोकस एरियामा फोकस गरिएका वर्गलाई सहभागी गराएर गरिने अन्य कार्यक्रमहरु सञ्चालनको तयारी रहेको छ।
Post a Comment