Tuesday, May 15, 2018

कावासाेतीमा र्दुघटनामा परी एक जनाकाे मृत्यु

२ जेठ नवलपरासी ।
कावासाेती १६ काेटाँडीमा गएराति भएकाे सवारी र्दुघटनामा परी एक जनाकाे मृत्यु भएकाे छ ।
विग्रिएर राेकि राखेकाे लु १ ख ५३८४ नम्बरकाे ट्रकमा लु १६ प २८४९ नम्बरकाे माेटरसाईल ठक्करखाँदा माेटरसाईकल चालककाे ज्यान गएकाे हाे ।
प्रहरीका अनुसार माेटरसाईकल चालक मध्यविन्दु नगरपालिका १२ भुपु चोक बस्ने ३१ बर्षका तिल प्रसाद थापाको मृत्यु भएकाे हाे । दुर्घटनामा घाईते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्रमा  ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडी बसेका कावासोती २ बस्ने ३१ बर्षका डण्ड बहादुर पुन गम्भिर घाइते हुनुभएको छ । घाइते पुनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal