Sunday, May 13, 2018

२८ घर विपन्न परिवारलाई सामुदायिक वनको सहयोग


नवलपरासी, ३० बैशाख । नवलपरासीको कावासोती १ मा रहेको महाराजा नमुना सामुदायिक वनले २८ घर विपन्न परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

२८ घर बिपन्न परिवारलाई तीन हजार पाँच सयका रुपैयाँका दरले आर्थिक रकम सहयोग गरिएको उपभोक्ता समुहका सहसचिव रबिन्द्र बि.क. ले जानकारी दिनुभयो ।

सामुदायिक वनका अध्यक्ष तेजेन्द्र सुनारको अध्यक्षता भएको कार्यक्रममा महाराजा इलाका बन कार्यालय कावासोतीकी बन अधिकृत चमेली देबकोटा, कावासोती १ का वडाध्यक्ष नारायण प्रसाद पन्त, शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाका अध्यक्ष श्यामप्रसाद राना लगायतले बोल्नुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal