Sunday, May 13, 2018

एक सय ३६ घर सुकुम्बासीलाई ६० विगाहा जग्गा वितरण गरिने


नवलपरासी, ३० बैशाख । नवलपरासीको सुनवल नगरपलिका भित्र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुनवल ७ का १ सय ३६ घर सुकुम्बासीलाई ६० विगाहा जग्गा वितरण गरिने भएको छ ।

त्यसका लागि नापी कार्य चलिरहेको सुनवल नगरपालिकाले जनाएको छ । अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई जग्गा वितरण गरिनेभएपछि स्थानीय हर्षित भएका छन् ।

२०३५ सालभन्दा अगाडिबाट बसोबास गरिरहेका तर लालपूर्जा नपाएकालाई उक्त जग्गा वितरण गरिन थालिएको हो । 

सुकुम्बासीहरुलाइ ब्यावस्थित बनाउने योजना आनुसार लालपुर्जा बितरण गर्ने प्रक्रिया पुरा गर्न सुनवल नगरपलिकाको वडा न ७ को बेतलौरी र गौरीघाटमा जग्गा नापी कार्य भैरहेको सुनवल नगरपालिकाका नगरप्रमुख भरत थापाले बताए ।

सुनवल ७ बेतलौरीमा ५६ घरधुरीका ४० बिगाहा र गौरीघाटमा ८० घरधुरीका  २० बिगाहा जग्गाको नापी भैरहेको छ ।

सुनवल नगरपलिकाका नगरप्रमुख भिमबहादुर थापाले  सुनवल नगरपलिका भित्रका सबै जग्गा ब्यावस्थित गरी सुकुम्बासी समास्या समाधान गर्न नापी भैरहेको र प्रक्रिया पुरा गरी लालपुर्जा बितरण गर्ने बताए । थापाले सुनवललाई पांच बर्षभित्र सुकुम्बासीको संख्या शून्यमा छार्ने गरी काम थालिएको बताए ।

सुनवल नगरपलिका वडा न ७ का वडा अध्यक्ष बसन्तराज दाहालले २०३५ सालदेखि अव्यवस्थित रुपमा बासोबास गरिएको बस्तीलाई व्यवस्थित बनाउने योजना आनुसार नापी भईरहेको बताए ।

विभिन्न कारणबस लालपूर्जा पाउन छुटेकाहरुलाई लालपूर्जा दिलाउन र उनीहरुलाई आफ्नो जग्गाको मालिक आफै बनाउनका लागि यस्तो कार्यलाई अगाडि बढाइएको वडा अध्यक्ष दाहालले बताए ।

उक्त कार्य राष्टिय पुनआवास कम्पनीको सहकार्यमा गरिएको छ । राष्टिय पुर्नआवास कम्पनी बर्दघाटका प्रमुख महेन्द्र थापाले  यसै आर्थिक बर्षको मसान्तभित्र जग्गाको नापनक्सा गरी लालपुर्जा वितरण गरिने बताए ।

उनले नापी कार्यसकेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको वैठक बसी लालपूर्जा दिने बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal